बागेश्वरी बहुमुखी क्याम्पसमा परियोजना कार्यको सुरुवात

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांकेमा परियोजना कार्य सुरु भएको छ । शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेस्टरको अनिवार्य विषय शिक्षाको दर्शनशास्त्रीय आधार- ५१२ को एकाई तीन फरक फरक दर्शन र शिक्षा एकाईको हिन्दु दर्शन अन्तर्गतको षडदर्शनको परियोजना कार्यको कक्षा प्रस्तुतिकरण आज देखि सुरु भएको हो ।

एक महिना अगाडी विषयगत प्राध्यापक उपप्राध्यापक टेकेन्द्र कुमार महतराले पुरै कक्षालाई १२ समुहमा विभाजन गरि यो कार्यको जिम्मा विद्यार्थीलाई दिनु भएको थियो । आज देखी सुरु भएको उक्त कार्यक्रममा बोल्दै पाठ्यक्रम तथा मूल्याङन विभागका विभागीय प्रमुख एकराज शर्माले सेमेस्टर प्रणालीमा अध्ययन गर्नुको अर्थ यस खालको कार्यक्रमले झल्काउने काम गरेको बताउनु भयो । उहाँले सेमेस्टर प्रणालीमा विद्यार्थीहरुले गर्नु पर्ने कक्षाकार्य, गृहकार्य, परियोजना कार्य, कक्षा प्रस्तुतिकरण र दैनिक हाजिरी भएर विद्यार्थी स्वयम् सहभागी भएर गर्दा विषयवस्तुको तयारी राम्रो हुने, मध्यावधि परिक्षा तथा सत्रान्त परिक्षामा निकै सहयोग पुग्ने गरेको कुरा बताउनु भयो ।

उहाँले आधुनिक २१ औं शताब्दीको समयमा विज्ञान र प्रविधिको प्रयोगबाट विश्वबाजारमा सहजै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने आशा गर्नु भएको थियो । यो कार्यमा स्वयं विद्यार्थीको सहभागीताले विषयवस्तुको खोजी गर्ने बानी तथा स्नातकोत्तर तहमा सबै अनुसन्धानमुलक कार्य गर्ने बानिको विकास हुने संभावना रहेकोेले सबै विद्यार्थीलाई अनिवार्य सहभागी भएर आफ्नो क्षमता बढाउन तथा आन्तरिक मूल्याङकनलाई सहजता पुर्याउन निदेशन दिनु भएको थियो ।

त्यस्तै उपप्राध्यापक टेकेन्द्र कुमार महतराज्युले १२ बर्ष प्राध्यापन गरेको अनुभवलाई हरेक बर्ष हरेक सेमेस्टरमा नंया नंया शिक्षण विधि र सामाग्री र तरिकाको प्रयोग गरेर उच्च जनशक्ति उत्पादन गर्न निकै पहल गर्ने गरेकोमा विभागको तर्फबाट धन्यवाद समेत दिनु भएको थियो । कार्यक्रममा बोल्दै उपप्राध्यापक तथा विषय शिक्षक महतराले यो कार्यले शिक्षकलाई विषयगत प्रस्तुतकरणमा सहजता पुग्ने र विद्यार्थी सहभागीताले सक्षमता, क्षमता, योग्यता र दक्ष जनशक्ती उत्पादन हुने र प्रमाणपत्र प्राप्त गरेपछी बजारमा तत्काल बिक्न सक्ने आधार व्यक्त गर्नु भयो । उहाँले पाठ्यक्रम विभाग अन्य विभाग भन्दा फरक रूपमा अगाडि बढै नंया तथा फरक विधि र प्रक्रियाको प्रयोग गरेर प्राध्यापन गर्ने मात्र होइन समयमै सबै कार्यमा आम विद्यार्थीलाई सहभागिता गराउदैँ आएको दाबी समेत गर्नु भयो ।

समूह एकका टोलि लिडर भगवती पोख्रेलले हिन्दु दर्शन अन्तर्गतको वैषेशिक दर्शनलाई पावर प्वाइन्ट स्लाईडबाट प्रस्तुतिकरण गर्दै सहकर्मी साथीहरूलाई शिक्षण गरेकी थिइन । उनले आफ्न शिक्षकहरुले दिएको जिम्मेवारी र आफू सहभागी भएर समुहमा बसी विषयवस्तुको खोज अनुसन्धान गरेर तयारी गरेर कक्षामा प्रस्तुत गर्दा फरक अनि दीर्घकालीन ज्ञान प्राप्त भएको र हरेक परिक्षामा यस खालको अनुभवले सहजता हुने आधार व्यक्त गरेको छ्न । उनले आफनो समुहमा आफु लगायत अमृता ओली, कविता शर्मा र हेमा केसि सहित मिलेर नेट, गुगल, ईन्टरनेट, युटुव सहित गुरुहरुको सल्लाहमा तयार गरी आफुने प्रस्तुत गरेको र यसले आफुहरुमा निकै सहयोग पुगेको अनुभव व्यक्त गरिन ।

साथै उनले शिक्षकले परम्परावादी शिक्षण गर्नु भन्दा यसरी आफुहरुलाई सहभागी गराएर शिक्षण गर्नु राम्रो हुने तर्क पेश गरेकी छिन । त्यसैगरि समुह बि का टोलि नेता ईन्द्रलाल अधिकारीले न्याय दर्शनको परियोजना कार्यलाई प्रस्तुत गरेका थिए । जस समुहमा मिना बुढा, द्रोण कुमारी ओली, दिपा शाही र विस्नु देवकोटा रहेका थिए । उनले यस्तो कार्यमा आफुहरुलाई सहभागी गराई खोजमुलक अध्ययनमा सहभागी गराएकोले सिकाइमा सजिलो भएको तर्क दिएका थिए । आधुनिकता र आधुनिक शिक्षण र प्रविधि सहित विद्यार्थी केन्द्रित शिक्षण कार्य विगत देखि बागेश्वरी क्याम्पसले गराउदै आएको उनको तर्क थियो । यो कार्य झण्डै दुई हप्ता सन्चालन हुने कुरा विभागीय प्रमुख एकराज शर्माले कुशेन्युजलाई वताए ।