लामालाई आर्थिक सहयोग

काठमाडौं, पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको   हो ।

लामाको हाल टिचिङ अस्पतालको आईसीयु उपचार भइरहेको छ । उनलाई निमोनिया भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले लामाकी आमा विष्णुमायालाई अस्पतालमै गएर संकलित ४२ हजार रुपैयाँ हस्तान्तरण गरे ।