प्रश्नपत्र निर्माणमा गम्भीर त्रुटि देखिएको भन्दैँ क्रान्तिकारीको ध्यानाकर्षण

गुलरिया, बाँसगढी नगरपालिकाले सञ्चालन गरिरहेको परिक्षामा कक्षा ५ को प्रश्नपत्रमा त्रुटि देखिएको भन्दैँ अखिल (क्रान्तिकारी) ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाको तर्फबाट जिल्ला अध्यक्ष हरि प्याकुरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र निर्माणको क्रममा स्थानीय पालिकाले गम्भीर लापरबाही गरेको बताएको बताएका हुन् ।

उनले नगरपालिकामा संन्चालित संस्थागत तथा सामुदायिक विद्यालयको पालिका स्तरीय आधारभूत तहको कक्षा ५ को प्रश्नपत्र निर्माणको क्रममा अङ्ग्रेजी रुपान्तरणमा देखिएको गम्भीर खालको त्रुटि भएको प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण बताएका छन् ।

शिक्षा जस्तो संवेदनशील विषयमा यस्ता त्रुटी हुनुले नेपालको विद्यमान शैक्षिक अवस्थाको खस्किदो उदाहरणको रुपमा प्रस्तुत गरेको बताउँदै उनले शिक्षा क्षेत्रमा हुने यस्ता खालका गम्भीर लापरबाहीले आम सरोकारवाला समक्ष प्रश्नचिन्ह खडा गरेको बताए ।

साथै उक्त विज्ञप्तिमा यस खालको कमजोरीलाई गम्भीरतापूर्वक लिएर सत्यतथ्य छानबिन गर्न र भविश्यमा हुन सक्ने यस्ता सम्भावित कमजोरी प्रति सचेत रहन समेत अनुरोध गरिएको छ ।

बाँसगढी नगरपालिकाले २०७८ चैत २९ गतेदेखि कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा सञ्चालन गरेको थियो । उक्त परिक्षाको मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्रमा दर्जनौ त्रुटी भेटिको थियो ।

त्यस्तै बाँसगढी नगरपालिका शिक्षा शाखाले सोमबार विज्ञप्ति जारी गरेर यसनक समीक्षा गर्दैँ आगामी दिनमा यस्ता त्रुटिहरु नदोहोरिने गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिसकेको छ ।

यस्तो छ विज्ञप्ति