भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

काठमाडौं, भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।

कोभिड संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने भएकाले परीक्षा सुरु हुने अघिल्लो दिन दिउँसो १ बजे विभागमा सम्पर्क गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।