मध्यपश्चिम विश्वविद्यालयको सत्रान्त परिक्षा आज देखि सुरु

काठमाडौं, सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयले आज देखि सत्रान्त परिक्षा सन्चालन गर्न लागेको हो । स्नातकोत्तर तह तेस्रो तथा स्नातक तह तेस्रो, पांचौ एवम् सातौं सेमेस्टरका सत्रान्त परिक्षाहरु आज देखि सन्चालनमा आएको कुरा परिक्षा व्यवस्थापन प्रमुख डा. आनन्द प्रसाद सुवेदीले जानकारी गराउनु भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय क्याम्पस सुर्खेत लगायत १० आंगिक क्याम्पस र १ सम्बन्धन प्राप्त क्याम्पसमा मर्यादित, सौहाद्र र व्यवस्थित रूपमा परिक्षा सन्चालनमा आएको समेत उनलेे जानकारी दिए । स्नातकोत्तर तथा स्नातक तहमा सेमेस्टर पद्धतिबाट पठनपाठन गर्दै आएको विश्वविद्यालयले सममै आफ्नो गतिविधि गरिरहेको छ ।

यश विश्वविद्यालयले कोभिड – १९ को पहिलो लहरमा पनि विद्यार्थीको भविस्यलाई मध्यनजर गरेर अनलाइनको माध्यमबाट तथा दोस्रो लहरमा अनलाइन र अफलाईन दुबै मोडबाट परिक्षा सन्चालन्को काम सम्पन्न गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयले सत्रान्त परिक्षामा विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकलाई पर्यवेक्षकका रूपमा हरेक परिक्षा केन्द्रमा पठाउदै आएको छ । जसले गर्दा हरेक परिक्षा केन्द्रमा सु-व्यवस्थित रूपमा परिक्षा सन्चालन हुने कुरामा विश्वास गरिन्छ । बांकेको कोहलपुरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा आज स्नातकोत्तर तह शिक्षा, व्यवस्थापन तथा मानविकी संकाय तेस्रो सेमेस्टरको परिक्षा सुरु भएको छ । यश अघि विश्वविद्यालयले सममै नतिजा प्रकाशित समेत गर्ने गरेको छ ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा परिक्षा व्यवस्थित तथा मर्यादित रूपमा सन्चालनमा आएको कुरा पर्यवेक्षकतथा जलजला बहुमुखी क्याम्पसका उप प्राध्यापक कोमल खड्काले जानकारी गराए । धेरै वर्षको अनुभव तथा नियमित पठनपाठन भएको कारण बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थीहरुको नतिजा समेत राम्रो आउने गरेको छ निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माका वताए । त्यसैगरी विश्वविद्यालय स्थापनाको छोटो समय भएपनि यसले जनशक्ति उत्पादनको क्षेत्रमा निकै फड्को मारेको छ । हाल विश्वविद्यालयले दक्ष, योग्री, क्षमतावान जनशक्ति उत्पादन गरि विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।