गर्मी मौशममा छालालाई जोगाउने यस्ता छन् ८ तरिका

काठमाडौं, व्यस्त सहरी जीवनशैलीले मानिसहरूमा तनाव एवं थकान बढाइरहेको छ । यसले छालालाई समेत असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ जसले डन्डिफोर र छाला चाउरीजस्ता समस्या देखिन्छन् । यो मौसममा चल्ने हावाहुरीले धुलो उडाएर ल्याउने हुँदा अनुहारमा सबैभन्दा पहिला पर्न जान्छ । यस्तो वेला छाला सुक्खा हुने हुन्छ ।गर्मी सिजनमा चर्काे घाम र धुलोले अन्य भागका छालामा समेत एलर्जी हुन सक्छ । यस्ता एलर्जी निकै हानिकारक हुन्छन् । यसबाट बच्नुपर्छ । एलर्जी भएमा चिकित्सकसँग परामर्श नगरी जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ ।

छाला जोगाउने आठ तरिका 

– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने । नुहाएपछि नरिवलको तेल लगाउने । अनुहार धोएपछि मस्चराइजर लगाउने ।
– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने । नियमित मस्चराइजर लगाउने । जेल बेस मस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने ।
– सुक्खा छाला छ भने क्रिम बेसमा मस्चराइजर प्रयोग गर्ने ।

– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने । 

– छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने ।

– राति सुत्ने वेला मुख धोएर सधैँ मस्चराइजर लगाउने । 

– मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।

– खानपानमा विशेष ध्यान दिने । फलफूल खाने, पर्याप्त पानी पिउने ।