यातायातको पहुँच संगै युवाहरू कृषि पेशाबाट लाभन्दित

जाजरकोट, कर्णाली प्रदेशको बिकट जिल्ला जाजरकोटमा पछिल्लो समय विभिन्न ठाउँमा यातायातको पहुछ बढनाले युवाहरु बिदेशीनबाट रोकिएका छन् । तै मध्यमा जिल्लाको कुसे गाउँपालिका ५ दम्दालाका युवाहरु अहिले कृषि पेसामा आबद्ध हुन थालेका छन् ।

दम्दाला गाउँ

जिल्लाको विभिन्न ठाउँमा यातायातको पहुच भए संगै उत्पादन बजारीकरण गर्न सजिलो हुन थाले संगै स्थानिय युवाहरू कृषि पेशामा आबद्ध भएका हुन । पेसागत हिसाबले विभिन्न ठाउँमा भएपनी युवाहरू खाली समय मिलाएर आफ्नै खेतबारीमा समय बिताउने गरेको स्थानीय शिक्षक चन्द्रबहादुर थापाले भताउनुभयो । पुरानो कृषि प्रणालीलाई हटाउदै नयाँ आधुनिक तरिकाले कृषि खेती गर्न विभिन्न तालिम तथा कृषि औजारहरुको स्थानीय सरकार र अन्य सरोकारवाला संघसंस्थाले कृषकलाई उपलब्ध गराउन सके उत्पादनमा वृद्धि हुने व्यावसायी खम्ब बहादुर थापाले बतानुभयो ।

पछिल्लो समय दिन प्रतिदिन स्थानीय कृषि खेतिमा आबद्ध हुनाले बालबालिकाहरुलाई पठनपाठन तथा घरखर्छ चलाउन सजिलो हुने गरेको पाएको छ । झण्डै २ सय ५० घर दुरी रहेको उक्त दम्दाला टोलमा ९० प्रतीशत मानिस कृषि पेसामा लागेको पाएको छ । कम्तिमा एक घर धुरिले बर्षमा तरकारी खेती बाहेक सुन्तलाबाट मात्रै १ लाख देखी ७ लाख सम्म आम्दानी गर्ने गरेको पाइएको छ । बाषिक तथ्यांकअनुसार कम्तीमा सुन्तलाबाट १ करोड २० लाख जतिको आमदानी हुने गरेको छ ।