उपत्यकाव्यापी कुङफु शनिबार

काठमाडौं, नेपाल कुङफु संघ, दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका वडा ९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडीको सहभागिता रहने आयोजक शाखा प्रशिक्षक शंकर बलामीले जनाएका छन् । सान्डातर्फ पुरुष-महिला सान्डा र थाउलोमा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर, सब–जुनियर र सिनियरमा प्रतिस्पर्धा हुने छ । १२ मध्ये १० स्पर्धामा उत्कृष्ट खेलाडी चयन गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक शाखाका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा हुने छ ।