१० जिल्लाका डीएसपी फेरिए

काठमाडौं, नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ । म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ । सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ । नियमित सरुवा गर्नुपर्ने अवधि पुगे पनि प्रधान कार्यालयले सरुवा छलेर शक्तिकेन्द्रको रोजाइका अधिकृतहरूलाई काजमा पठाएको छ ।

एक वर्षमा हुनुपर्ने प्रहरी अधिकृतहरुको सरुवा १८ महिनादेखि हुन सकेको छैन् । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नियमित सरुवा गर्न सकेका छैनन् ।