माओवादी केन्द्रका नेता विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् ।

उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् ।

उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका थिए ।