स्थानीय तह निर्वाचनमा ४०० सिट जित्नुपर्छ : ओली

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् ।नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४ हजार जनप्रतिनिधि एमालेका रहेको बताए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट २० हजार जनप्रतिनिधि जिताउनुपर्ने उनको भनाई छ । त्यति भए मात्र राष्ट्रिय सभामा बहुमत सदस्य पुग्ने ओलीको हिसाब छ।

वृद्धा वृद्ध, गृहिणी, युवा कसैले पनि अहिलेको गठबन्धनलाई भोट हाल्न नसक्ने बताए ।