कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७९ जेठमा गर्ने निर्णय गरेको छ।आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ ।