विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै
प्रकासित मिति : २०७८ चैत्र २, बुधबार ०९:५७
प्रकासित समय : ०९:५७
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।
नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।