विप्लवका युवाहरुले गरे कोहलपुरमा मार्चपास

बाँके, अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा कोहलपुरमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसिसी परियोजना अनुमोदन गरिएको बिरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो ।कोहलपुर बिधुतरोड देखी सुरु भएको मार्चपास सहितको र्याली साझाचोक, न्युरोड, बसपार्क हुँदै चौराहमा आएर कोणसभामा परिणत भएको थियो ।कार्यक्रमम सहभागी युवाहरुले राष्ट्रघाती एमसिसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, संसदीय व्यावस्था मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद, एमसिसीका दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए ।उक्त कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका केन्द्रिय सचिव तिलक योगीले संसदबाट अनुमोदन गरिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिए ।एमसिसी सम्झौताले देशमा अनेक किसिमका समस्या उत्पन्न बनाउने कुरा निश्चित भएको बताउदैँ नेपालका संसदबादीहरुले इतिहास काल देखी गरेका राष्ट्रघात र जनघातका बिरुद्ध विद्रोह गर्न देशभक्त युवाहरुलाई आव्हान समेत गरेका छन् ।उक्त विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला सेक्रेटरी तेज बहादुर खड्का ‘अनिल’ ले समेत सम्बोधन गरेका थिए । भने कार्यक्रमको सन्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाथोकीले गरेका थिए ।