अछाम कांग्रेस सभापतिमा पुष्पबहादुर शाह

अछाम, नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह, भरतकुमार स्वाँर र राजन कुँवरमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो ।

स्वाँर र शाह संस्थापन पक्षका हुन भने कुँवर संस्थापन इतरका हुन । दोस्रो चरणमा खसेको १४ सय ९३ मतमा शाहले ७ सय ७९ ल्याएर सभापतिमा विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वाँरले ७ सय ११ मत ल्याए ।