सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले दस बर्षे जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवार तथा घाईते योद्धाहरुलाई सम्मान गरेको ।जनयुद्धको २७ औँ बार्षिक उत्सवको अवसरमा शनिबार कोहलपुरमा सहिद सफ्ताहको अन्तिम दिनमा आयोजित एक कार्यक्रममा जनयुद्धका सहिद तथा वेपत्ता योद्धाका परिवार र घाईतेहरुलाई सम्मान गरिएको हो ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका कोहलपुर नगर समिती इन्चार्ज कृष्ण बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ को बिशेष उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा पार्टीका बाँके जिल्ला सेक्रेटरी तेज बहादुर खडका ‘अनिल’, विशेष समिती सदस्य सितल, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य सीता शाही ‘पुर्णिमा’ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।सम्मान कार्यक्रममा करिब ३५ जना सहिद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रम सन्चालन पार्टीका बैजनाथ पालिका इन्चार्ज राकेश दाहालले गर्नुभएको थियो ।नेकपाले सहिद सप्ताहको अवसरमा बाँकेको खजुरा, राप्तिसोनारीको बैजापुर, फत्तेपुर लगायतका स्थानमा यसअघि पनि सहिद तथा वेपत्ता योद्धाका परिवार र घाईते योद्धाहरुलाई सम्मान तथा भेटघाट गर्दै आएको छ ।