महाशिवरात्री पर्व र यसको महत्व

शिवरात्री व्रतं नाम सर्वपापं प्रणशनम् । आचाण्डाल मनुषणां भुक्तिमुक्तिप्रदायकम् ।। त्वमेव माता च पिता त्वमेव त्वमे सर्व ममदेव देव : कर्पूर गौरम् करुणावतारं संसारशारम् भुजगेन्द्र हारम् ।। सदा वसन्तत् हृदयम् च विन्दे भवं भवानी सहितं नमामी ।। तारकं ब्रह परमं शिवमित्यक्षरद्धयम् । नैतस्मादपरं किञ्चित् तारकं ब्रह सर्वथा ।। शिव भजन जय जय शिव शंकर जयजय भोला नाथ । तिम्रै पाउमा शरण पर्छु झुकाएर शिर ।। दुखकष्ट हर सारा जनको । अहंकार हटाएर सारा मनको ।। बाघको छाला नागको माला त्रिशुल डमरु । शिव तिम्रो महिमा आर्यधर्णन कसरी गरुँ ।। जय जय शिव शंकर जय जय भोला नाथ प्रभु यो मेरो जुनीलाई पार लगाईदेऊ । मेरा मनका मैलाहरु पखालेर ज्ञानको सागर जगाईदेऊ ।। चरण परेँ हे प्रभु मेरा दुई हातहरु जोडेर । तिम्रै साथमा राख मलाई प्रभु नजाउ कतै छोडेर ।। जय जय शिव शंकर जय जय भोला नाथ ।

आज महाशिवरात्री पर्व हो । यो पर्व हिन्दु धर्मलम्बिहरुको लागि वा सनातन हिन्दुरहरुको लागि महान पर्व पनि हो । यो पर्व भगवान शिवको प्रमुख पर्व पनि हो । शिव यो दुई अक्षर भएको नाम नै परब्रह स्वरुप एवं तारक हो । यसबाट भित्र अर्काे कुनै तारक छैन । अतः जसको जिब्रोमा सदैव कल्याणप्रद शिवको नाम रहन्छ । उसको बाहिरी तथा भित्री दुबै शरीर शुद्ध हुन जान्छ । जुन मानिस तीर्थमा भस्म, गोबर अथवा बालुवा बाुवाको शिवलि· बनाएर एकपटक भएपनि उसको विधि सहित पूजा गर्नाले मानिसहरु सन्तानले परिपूर्ण, धन धान्य, विद्या, सदबुद्धि, दीर्घायु र मोक्ष पाउँदछन् । जुन मानिस शिव शिव यी दुई अक्षरको उच्चारण गर्दै प्राण त्याग गर्दछ भनेर ऊ आफनो करोडौ जन्मको पापबाट मुक्त भएर शिवलोकमा शिवलोकमा निवास गर्न पाउँदछन् । आफनो र आफनो सबै परिवारको कल्याण चाहने व्यक्तिले सके दैनिक, नसके प्रदोषको समयमा, त्यतिपनि नभए श्रावण महिनामा (जुन शिवको महत्व भएको महिनामा मानिन्छ) मा आफनो अनुकुलता हेरेर शिवबास जुराई रुद्राभिषेक गर्नु आवश्यक मानिन्छ । यसो गरेमा यो लोक र परलोकमा समेतमा सुध्रिन्छ । सनातन वैदिक हिन्दु धर्मले अत्यन्त विविधता र व्यापक आलेको छ । त्यसैले यहाँ हिन्दु धर्मलम्बिहरु ॐ कार परिवार आफनो परिस्थति र अभिरुची अनुसार व्रतलिने, अनुष्ठा गर्ने, चाडपर्वहरु मनाउने परिपाटी सनातनकाल देखि नै प्रचलित छ । तर आजको २१ औं शताब्दिको समयमा पाश्चात्य संस्कार तथा हावा अनि हवालाको कारण दशै दिशा तर्फ अतिवेग बर्षिएको छ । पाश्चात्य संसकार तथा पहिरन मात्र होईन संस्कारको फलस्वरुप अति वेगले बहिरीरहेको परिपाटीमा यहाँ पाश्चात्य शिक्षाको पनि अति प्रयोग भईरहेको हामी प्रत्यक्ष रुपमा भोगीरहेका छौं । जसको कारण सो हावाको वेगले बढि देवता, बाबु, आमा, गुरु, मान्यजन आदिको उपेक्षा गर्ने, सनातन धर्मप्रति अनास्था जगाउने, सनातनलाई धर्म तथा कर्मप्रति आस्था नगर्ने वातावरण समेत सिर्जना भईरहेको छ ।

आदिम काल देखि मान्दै अनि चल्दै आएको आर्य परम्परा तथा संस्कृति र संस्कारलाई धक्का लगाउने काममा हामी निकै तत्पर समेत भएका छौं । यो सब कारण वा जड शुत्र नै पाश्चात्य शिक्षाको प्रभाव हो । आजको समयमा आध्यात्मिक उन्नतिको साथै भौतिक उन्नति भएमात्र सबैलाई राम्रो अनि कल्याण हुने कुरा तर्फ हाम्रो ध्यान जानु जरुरी देखिन्छ । यो ध्रुर्व सत्य कुरा हो यसलाई कुनै पनि मानिसले बाहिर नकारे पनि भित्री रुपमा भने स्वीकारेको हुन्छ । बाहिर आफनो सिद्धान्तले भन्न नसकेपनि भित्री रुपमा भने हे भगवान भनेको हुन्छ । आर्य सदाचार तथा संस्कृति दत्तचित्त हुनु नितान्त आवश्यक छ । हाम्रो धर्म संस्कृति नरहे हामी पनि त रहनै छैनौ अनि हाम्रो अस्तित्व पनि रहने छैन । यो अत्यन्त र नितान्त ध्रुर्व सत्य आधार हो । यो भगवान शिवको उत्पति भएको रातका नाममा यो नामाकरण गरिएको हो । यो पर्वका कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रि मध्येको एक हो शिजरात्री पर्व । यो एक पवित्र तथा महान पर्वका रपमा लिने गरिन्छ जुन हिन्दु दर्शनका सबै पुरानहरुमा उल्लेखित छ । चतुर्दशि तिथिका स्वामी शिव हुन् । त्यसकारण ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभ फलदायकम् भनिएको छ । त्यसो त शिवरात्री प्रत्येक महिनाको चतुर्दशीको दिन पर्दछ । तर पनि आजको दिन नै मूख्य पर्वका हो । गणाको आधारमा सूर्यदेव पनि यस समयमा उत्तरायणमा आएका हुन्छन् ऋतुको हिसावले पनि परिवर्तन भएभ मानिएको हुन्छ । शिवको अर्थ हो कल्याण शिवले यस श्रृष्टिमा सबै प्राणीको कल्याण गर्ने हुनाले पनि भगवान शिवलाई कल्याण गर्ने देवताको रुपमा लिने गर्दछौं । अतः महाशिवरात्रीमा सरल उपाय गर्दा पनि भगवान शिवबाट सुख प्राप्त गर्न सकिन्छ । यहाँ जोतिष गणित अनुसार चतुर्दशी तिथिमा चन्द्रमा आफनो क्षीणस्थ अवस्थामा पुगेका हुनछन् । त्यसकारण बलहिन चन्द्रमा श्रृिष्टलाई उर्जा प्रदान गर्नका लागि असमर्थ भएका हुन्छन् । चद्य्रमाको सीधा सम्बन्ध मनसंग रहेको हुन्छ । त्यसकारण पनि मन कमजोर हुने भएकोले भौतिक प्रणीलाइ घेरेको विषयदको स्थिति उत्पन्न हुन्छ । जसको कारण पनि कष्टहरुको सामाना गर्नु पर्दछ । चन्द्रमा शिवको मस्तक शुसोभित रहेका हुन्छन् । चन्द्रदेवको कृपाको कारण प्राप्त गर्न भगवान शिवको आश्रय किन गरिन्छ । महाशिवरात्रीको प्रिय तिथि भएकोकारण पनि यो दिन शिवको महिमा गर्नु अनिवार्य हो । प्रायः ज्यतिषीहरु शिवरात्रीको दिन शिवको आराधना गरेर आपना कष्टहरुबाट मूक्ती पाउने काम गर्दछन् रआम मानिसहरुलाई यसको महिमा गर्न पनि आफनो राय प्रदान गर्दछन् । शिव आदि तथा अनादि भएकोले श्रष्टिको विनाश वा स्थापना गर्नका लागि मुख्य दुख, कष्ट, प्रलयको अन्त्यको लागि हामीले शिवको आराधना गर्नु अनिवार्य छ ।

यो पर्व फाल्गुन कृष्ण चतुर्दशीका दिन हिन्दुधर्मलम्बिहरुले मनाउने पर्व हो । यस पर्वलाई दिन दुखी तथा कष्टकार अवस्थामा रहेका हरेक प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनको रुपमा चर्चा गरिएको छ । यो व्रत उत्सव मध्ये सर्वाेतम कहलिएको पर्व हो । यस दिन आम भक्तजनहरुले शुद्ध भएर स्नान गर्दै शिवमन्दिर तथा धार्मिक स्थलहरु एवम् घर घरमा शिवको पुजा आजा र अर्चना गरी धगवान शिवलाई प्रिय हुने वा लाग्ने वस्तुहरु धतुरो, भांग तथा वेलपत्र लाई अर्पण गर्ने वा चढाउने गर्दछन् । यसका लागि आवश्यक समुदाय सनातन हिन्दु, प्रकार पनि हिन्दु, महत्व शिव तथा पार्वतीको महा विवाहको दिन, व्रत शिवलिंग, फाल्गुन कृष्ण चतुर्दशीको दिन वा तिथिमा मनाउनेकाम गरिन्छ ।

यस पर्वका दिन उपासना गरेर ॐ नमः शिवाय भन्ने मन्त्र जप गरेमा सर्वसिद्ध लाभ प्राप्त गर्न सकिने विश्वासको आधारहरु विभिन्न हिन्दु धर्म ग्रन्थहरुमा चर्चा गरिएको छ । जसकोकारण लाभ प्राप्त गरेर यमलोकमा जानु नपर्ने वा स्वर्ग प्राप्त गर्न सहज हुने विश्वार रहेको छ । ब्रह्माले रुद्ररुपी शिवजीलाई उत्पन्न गरेको दिन, पार्वतीको विवाह भएको दिन शिवरात्री पर्व असमर्थ भएका हुन्छन् । चद्य्रमाको सीधा सम्बन्ध मनसंग रहेको हुन्छ । त्यसकारण पनि मन कमजोर हुने भएकोले भौतिक प्रणीलाइ घेरेको विषयदको स्थिति उत्पन्न हुन्छ । जसको कारण पनि कष्टहरुको सामाना गर्नु पर्दछ । चन्द्रमा शिवको मस्तक शुसोभित रहेका हुन्छन् । चन्द्रदेवको कृपाको कारण प्राप्त गर्न भगवान शिवको आश्रय किन गरिन्छ । महाशिवरात्रीको प्रिय तिथि भएकोकारण पनि यो दिन शिवको महिमा गर्नु अनिवार्य हो । प्रायः ज्यतिषीहरु शिवरात्रीको दिन शिवको आराधना गरेर आपना कष्टहरुबाट मूक्ती पाउने काम गर्दछन् रआम मानिसहरुलाई यसको महिमा गर्न पनि आफनो राय प्रदान गर्दछन् । शिव आदि तथा अनादि भएकोले श्रष्टिको विनाश वा स्थापना गर्नका लागि मुख्य दुख, कष्ट, प्रलयको अन्त्यको लागि हामीले शिवको आराधना गर्नु अनिवार्य छ ।

यो पर्व फाल्गुन कृष्ण चतुर्दशीका दिन हिन्दुधर्मलम्बिहरुले मनाउने पर्व हो । यस पर्वलाई दिन दुखी तथा कष्टकार अवस्थामा रहेका हरेक प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनको रुपमा चर्चा गरिएको छ । यो व्रत उत्सव मध्ये सर्वाेतम कहलिएको पर्व हो । यस दिन आम भक्तजनहरुले शुद्ध भएर स्नान गर्दै शिवमन्दिर तथा धार्मिक स्थलहरु एवम् घर घरमा शिवको पुजा आजा र अर्चना गरी धगवान शिवलाई प्रिय हुने वा लाग्ने वस्तुहरु धतुरो, भांग तथा वेलपत्र लाई अर्पण गर्ने वा चढाउने गर्दछन् । यसका लागि आवश्यक समुदाय सनातन हिन्दु, प्रकार पनि हिन्दु, महत्व शिव तथा पार्वतीको महा विवाहको दिन, व्रत शिवलिंग, फाल्गुन कृष्ण चतुर्दशीको दिन वा तिथिमा मनाउनेकाम गरिन्छ । यस पर्वका दिन उपासना गरेर ॐनमः शिवाय भन्ने मन्त्र जप गरेमा सर्वसिद्ध लाभ प्राप्त गर्न सकिने विश्वासको आधारहरु विभिन्न हिन्दु धर्म ग्रन्थहरुमा चर्चा गरिएको छ । जसकोकारण लाभ प्राप्त गरेर यमलोकमा जानु नपर्ने वा स्वर्ग प्राप्त गर्न सहज हुने विश्वार रहेको छ । ब्रह्माले रुद्ररुपी शिवजीलाई उत्पन्न गरेको दिन, पार्वतीको विवाह भएको दिन शिवरात्री पर्व कृष्ण चतुरर्दशिको दिन यसको महत्वपूर्ण दिन हो । यस दिन निर्लज्ज व्रत, रात्रीमा जागरण, चार प्रहरको पुजा, शिवलिंगमा दुधको धारा तथा अभिषेक एवम् शिवको महिमा कीर्तन शिवरात्रीको दिन पुजा अर्चन गरेर शिवका मूख्य अंग मान्ने गरिन्छ ।

शिवरात्री पर्वलाई राजा पनि भाि.नन्छ । शिवरत्रीको पालना गर्नाले सुख, भोग,तथा मोक्ष प्राप्त गर्न सजिलो छ । शिवरात्रीको जुजा तथा व्रत बस्नले शिवको ध्यान गर्नले, शिवको ध्यान, पूजन तथा जप गरेर जागरण गरेमा आम भक्तहरुको लागि सत्ताजागरण शिवमय बन्न सकिन्छ । शिव पुनको कारण शिवार्चनको शिव महिमाको कारण इसान मूर्तिमा दुधको स्नान गर्नले यस पर्वको महिमालाई पुरा गर्न सकिन्छ । श्रृष्टिको प्रारम्भभमा यसै दिन मध्येरात्री समयमा भगवान शङ्कर ब्रहबाट रुद्रका रुपमा अवतरण भएका थिए । प्रलय कालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रहण्डमा तेश्रो नेत्रको ज्वालाबाट समाप्त भएको आधारहरु शिवको महहिमाहरुमा चर्चा गरिएको छ । यस दिन शिव भक्तहरु शिवको मन्दिरमा गएर वेलपत्र तथा गाईको दुध लाई अनिवार्य रुपमा चढाउने काम गर्नु पर्दछ । यस दिन उपवास बस्ने, रातीमा जागरण हुने, शिव भजनहरुले घर तथा मन्दिर एवमे धार्मिक स्थलहरु झकिझकाउ बनाउने काम गर्नु पर्दछ उपवास तथा रात्रीमा जागरण गरेपछि शिवको विशेष कर्मको पुजा गर्नु पर्दछ । यस दिन शिवको विवाह भएको थियो । त्यसैले राती शिवजीको जतीत निकालेर उत्सव गर्ने परम्परा पनि रहेको छ । वास्तवमा शिवरात्रीको परम पर्व स्वयम् पमपिता परमात्माले श्रृष्टिमा अवतरित भएको स्मृति पर्व भएको कुरालाइृ प्रमाणित गरेका छन् ।यहाँ रात्री शब्दले अज्ञान तथा अन्धकाकोबाछ हुने नतिक पतनको द्योतनलाई स्वीकार गर्दछ । परमात्मा नै श्रृष्टिमा ज्ञाको सागर भएकोले मान मात्रलाई सत्य ज्ञानको बाटोबाट अन्कारको प्रकाहलाई निराकरण गर्ने उपायका रुपमा पनि लिने गरिन्छ । असत्यबाट सत्यको ज्ञानमा लैजाने ब्रहमण, क्षेत्री, शुद्र, वैष्य, स्त्री, बालक, बृद्धबृद्धा, पुरुष, युवा सबै यस पर्वको लागि व्रत बस्न योग्य भएपनि विरामी, अशक्त, सुत्केरी एवम् जेष्ठनागरीकहरुको लागि भने अनिवार्य छैन र यो व्रत नवसे पनि कुनै दोष लाग्दैन ।

व्रतको विधि :

यस दिन माटोको भाँडोमा पानी भरेर त्यसमाथि बेलपत्र, आँक, धतुरोको फल, चामल आदि राखेर शिवलि·मा अर्पन गर्ने तथा नवि.जक शिवालय वा शिवमन्दिर भए शुद्ध गिलो माटोबाटै शिवलि· बनाएर त्यसलाई पुजा गर्ने । रात्रीमा जागरण बसेर शिवको कथा सुन्ने, भजन कृर्तन गर्ने, शिव आरती गर्ने। व्रत बसेको भोलीपल्ट विहान सबैरै तिल, जौ, खिर वा पाईस तथा बेलपत्र श्वन समेत गर्ने । महाशिवरात्री भगवान शङ्करका निमित्त सबैभन्दा ठूलो पवित्र दिन हो । यो आफनो आत्मलाई पुनित बनाउने महाव्रत पनि हो । यो व्रतको पालन गर्नाले सबै पापहरुबाट मुक्त समेत भईन्छ । साथै विभिन्न रोग, व्याधि एवम् काल र कण्ष्टबाट समेत मूक्त हुने गरिन्छ । मानवमा देखा पर्ने हिंसक प्रवृति, रिस राग तथा द्धेषबाट पनि टाढा हुने काम गरिन्छ । निरिह जीवहरु प्रति दयाभावको वातावरण समेत तयार हुन्छ । ईशान संहितामा यसको विशेष महत्व भएको प्रमाणहरु यहाँहरुले अध्ययन गर्न सक्नु हुने छ ।

परब्रहले फाल्गुन कृष्ण चतुरर्दशीका दिन मध्येरातमा शिवरुप धारण गरेकाले मध्येरातमा चतुरर्दशी तिथिका दिन शिवको पुजा, आराधना, दर्शन गरेर यस लोकमा सुख तथा शान्ति तथा परलोकमा सछति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । बैदिक सनातन हिन्दु धर्मलम्बिहरु यसदिन विहानै उठेर धारा, कुवा, जलासयमा स्नान गरेर शिवालयमा गएर श्रद्धाभक्ति पूर्वक पुजा आजा गर्ने गर्नु पर्दछ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात जगत्लाई रुवाउने वा संहार गर्ने ततवले गर्दा पत्रहिन भई जीर्ण भएका रुख तथा विरुवाहरु तथा झारहरु उनै महादेवो शिवत्वको कारण पलाउने काम गर्दछन् । आजको दिन नेपालको आराध्य देव पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पुजाआजाका साथै महादिप, अखण्डदिप, लक्ष्यदिप र दीपोत्सवको लाख बेलपत्र अर्पणको काम समेत गरिन्छ । निष्कर्षमा भन्नु पर्दा आजको दिनलाई विशेष जोतिषीहरुको पात्रो नहेरे पनि हुनछ किनकि आजको दिन शुभ दिन मान्ने हुनाले पनि यस दिन विवाह, ब्रर्तबन्ध, पुजा आजा गर्ने, विभिन्न पेशा तथा व्यवसायहरु सुर गर्ने, व्यापारको सुर गर्ने लगायको पनि सुरु गरिन्छ । यो दिन निकै शुभ दिन भएकोले यस दिनलाई महानदिनका रुपमा पनि लिने गरिन्छ । भन्नु पर्दा आजको समयमा नेपाल सरकारले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेदेखि नेपाल तथा नेपालीहरु पश्चिमा मुलुकहरुको संस्कृति, संस्कार, रहनसहन तथा भालचलन पनि पश्चिमा देशको भित्रीएको यो परिवेशमा जुनसुकै धर्म तथा स.स्कारमा रहेका नागरिकको लागि यो पर्व अति उत्तम रहेको छ । यसको अंगीकार गर्न निकै सहज छ र आजको शताब्दिमा यसको आवश्यकता पनि छ । जय शम्भो जय जय करुणराशी जय शिवशङ्कर प्रभो नारायणा ।

लेखक : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख तथा वैष्णव धर्म परिषद नेपाल बाँकेका सचिव हुन् ।