जेसिज संग युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपर, जेसिज संग युवा अन्तरक्रिया कार्यक्रम शनिबार बैजनाथमा सम्पन्न भएको छ। कोहलपुर जेसिजले आयोजना गरेको उक्त कार्यक्रममा जेसिज प्रती युवाहरुको चासो, युवाको सक्रियता लगाएतको विषय बस्तुमा अन्तरक्रिया गरिएको हो।बैजनाथका युवा संगको अन्तरक्रियालाई जेसिजका पदाधिकारी पवन थापा र राम प्रसाद पाण्डेले युवाहरूलाई जेसिजको बारेमा, जेसिजका काम कर्तव्य लगाएतका विषय बस्तुको जानकारी दिएका थिए । सहभागीले पनि आफ्नो जिज्ञासाहरु व्यक्त गरेका थिए ।अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शमाले जेसिजले बिश्व शान्ती अभियानको भुमिका निभाउदै १८ देखि ४० वर्ष भित्रका युवाहरुलाई संगठित गर्दै आएको उनले बताए ।जेसिजले नेतृत्व र ब्यक्तित्व बिकास गर्दै समाज रुपान्तरणको लागी युवाहरुलाई तालिमको माध्यमबाट सक्षम र उधमी बनाउन सीप बिकास सम्बन्धी तालिम दिदै बिधिको शासनमा रहि जेसिजले समाजको लागी निरन्तर सेवा गर्दै आएको शर्माले बताए ।