एमसिसी विरुद्ध वाइसीएल र अखिल क्रान्तिकारीको संयुक्त प्रदर्शन

नेपालगन्ज, एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ नेकपा माओवादी केन्द्र निकटको वाइसीएल र अखिल (क्रान्तिकारी) ले बाँकेमा प्रदर्शन गरेका छन् । अहिले नेपालको संसदबाट पास गर्ने भनिएको एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने भन्दैँ बिहिवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेका हुन् ।नेपालगन्जको सेतुबिक चोकबाट सुरु भएको र्याली न्युरोड हुदैँ पुष्पलाल चोकमा गएर प्रदर्शन सहित कोणसभामा परिणत भएको थियो ।एमसिसी सम्झौता विरुद्ध भएको उक्त कोणसभालाई सम्वोधन गर्दै योङ्ग कम्युनिस्ट लिग (वाइसीयल) बाँकेका इन्चार्ज किष्मत अलि शेष ‘जित’ले संसदमा टेवल गरिएको एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ यसको खारेजि हुनुपर्ने बताए । ‘नेपालको संसदबाट अनुमोदन गर्नका लागी पेस गरिएको एमसिसी सम्झौता राष्ट्रघाती छ । यसलाई अनमुदोन नगरी पुर्ण रुपमा खारेज गरिनुपर्छ ।’साथै उनले नेपालका हिजो देखीनै राष्ट्रघाती सम्झौता गर्ने कांग्रेस-एमालेहरु नै एमसिसी सम्झौता पास गर्नुपर्छ भनेर टुप्पि कसेर लागेको आरोप लगाए । उनले एमसिसी सम्झौता नेपालको संसदबाट अनुमोदन गर्न सहयोग गर्ने जोसुकैले आधिवेहेरीको सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।कोणसभालाई अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुरेन्द्र जंग शाह लगायतमा नेताहरुले सम्बोधन गरेका थिए ।