खतरनाक हतियार बन्दैछ ‘पैसा’

प्रकृतिमा हुर्केर, बढेर यही प्रकृतिमा नै विलीन हुनेछौ एकदिन यो थाहाँ हुँदाहुँदै पनि हामी किन यति स्वार्थी बन्दै छौ ? कसैलाई अन्दाज छैन्, हामी के गर्दै छौं ? समाजमा हरेक आवश्यकता परिपूर्ति पैसाले नै गर्छं, भन्ने धारणामा अड्किएर हाम्रो समाज पैसाको कुलतमा फसिसकेको छ । त्यस्तै हजारौं उदाहरण छन् । समाजमा मिठो खाने, राम्रो लगाउने बहानामा बारबार पैसाकै सिकार बनेको हाम्रो समाज दुर्गतितिर गयो ।सही प्रयोग गर्न नसकेर नै सबै पैसाको सिकार बनेर घरविहीन, सम्बन्धविहीन भएका कैयौँ घर छन् । पैसाको सिकार भन्ने, पैसालाई सही सदुपयोग गर्न नजान्ने र आफ्नो भौतिक जीवनमा पैसालाई नै जोड दिएर आज मान्छेहरू घरविहीन र सम्बन्धविहीन भएका हुन् । घरको आर्थिक अवस्था नबुझी, घरको आबस्यकता नबुझेर नै मान्छेहरू पैसाको सिकार भएका छन् ।

यदी कुनै घरमा खुशीयाली छाउँछ त पैसाले, आज कसैको घरमा रमाइलो छ त पैसाको कारण छ । आज कोही सफल भयो त पैसाको कारण भयो । आज कोही जागीरमा छ त पैसाको कारण छ । आज कोही खुशी छ त पैसाको कारण छ । आज कसैको बा मरे पैसाको कारण मरे, आज कसैका बा बाँचे त पैसाको कारण बाँचे, आज कसैको परिवारको सदस्य मरे त पैसाको कारण मरे, आज कोही समाजमा धनी बनेर चिनिएको छ त पैसाको कारण चिनिएको छ, आज कोही मर्दामर्दै बाँच्यो त पैसाको कारण बाँच्यो, आज कोही मर्दैछत पैसाको कारण मर्दै छ ।हरेक रंगमंच किन्नसक्ने अद्भुत शक्ति बनेको छ पैसा, हरेकको खुशी लुट्ने पैसा, हरेकको घाउ निको पार्ने पैसा, पैसा पैसा पैसा पैसा… कति शक्तिशाली बन्यो यो कागज, कति प्रशंसा कमाउँदै छ पैसा । कसैको बन्दै गरेको घर उजाडियो त पैसाको कारण उजाडियो ।

नेपालमा पैसाको कारण जागिर पाएनन् विदेसिए कसैका बुढी उडे त कसैका बुढा उडे । आकाशमा खोज्न नमिल्ने गरी उडेर गए । सपनासँग त्यो भौतिक दूरी पनि उड्यो, त्यो सँगै बच्चाबच्चीको भविष्य, त्यो सँगै बा आमाको कोख, त्यो सँगसँगै सबै कुरा हुरीले लियो । पल्लाघरे साइँलोदाई कमाउन गएका थिए बुढी यता अर्काको भइसकी, साइँलोदाई टाढा भएर होला संकाको घेरामा बसेकी साइँली भाउजु झुन्डेर मरीन, यस्तैयस्तै कैयन घटनाहरू हाम्रा आँखा अगाडी छन् तर हामी पैसाको पछी दौडँदै जान्छौ । व्यक्ति, परिवार, समाज, समुदाय, जिल्ला, देश, राष्ट्र सबै पैसाको पछिो लामो लहरामा बेरिदै गए । पैसा खतराको संकेत जसलाई धेरै पैसाको अभाव हुन्छ, त्यो सधैं अरूको नजरमा तुच्छ कहलिन्छ । कारण उसलाई परिश्रम अनुसार हिसाब गर्न आएन भने समाजमा छोटो कहलिन्छ । आज समाजमा कति मान्छेहरू मध्यम, कति सामान्य गरीब र कोही धनी छन् । कमाए अनुसारको खर्चमा ध्यान दिएको भए आज कसैसँग हात थाप्नु पर्ने थिएन सायद । कोही चोरी गर्न डराउँदैनन्, कोही कसैलाई मार्न र मर्न डराउँदैनन् एक खतरनाक जादु छ पैसामा ।

आज पल्लाघरे साइँली बिग्री त पैसाको कारण बिग्री, समाजमा विकृति फैलियो पैसाको कारण फैलियो, कसैले कसैलाई पछि देख्न चाहन्छन् त पैसाको कारण चाहन्छन्, कसैसँग रिस, राग, जलन, दुस्मनी हुन्छ त पैसाको कारण हुन्छ । आज बैंक लुटियो, कोही धनी व्यक्ति लुटियो, कसैको हत्या भयो, कहीं चोरी भयो त कहीं भयानक घटना घट्यो पैसाको कारण घट्यो । सरकार पनि पैसाको पछि परिरहेको छ । आज कोही मन्त्री बन्दै छ त पैसाको कारण बन्दै छ । आज कोही पदबाट निष्कासन हुन्छ त पैसाको कारण हुन्छ । कोही ठूलो पदमा छ पैसाको कारण छ किन हतियार बन्दै छ पैसा ? कलम भन्दा बलियो, हतियार भन्दा बलियो र कुनै दैविक शक्ति भन्दा बलियो, धेरै नै बलियो बन्दै छ पैसा । कोही कसैको नसिवमा नहुने यो काजग कसैलाई भने फालताल हुने, न्याय किन्न सक्ने, सत्य किन्न सक्ने त्यो नभई अब भगवान् समेत किन्न सक्ने भएका छन् मान्छे ।

केही प्रसङ्ग :
विभिन्न संघ संस्थाबाट ऋण लिँदै प्रत्येक महिनाको ब्याजको सिकार बन्न पुगेका केही झलक हाम्रो समाजमा छन् । तिनले संस्थाबाट लिएको ऋणको सही सदुपयोग नगरी अहिले समाजमा पैसाको सिकार बनेर घर विहीन भई बस्नु परेको कुरा हामीले देख्न सक्छौ । समाज कहाँबाट कहाँ पुगिसक्यो, तर हामी जहाँको त्यही छौँ । किनकी हामी सही सदुपयोग गर्न सकिरहेका छैनौँ । ऋण लिँदै ब्याज दिँदै गर्न नजानेकै भरमा आज हामी पैसाको सिकार बन्दै छौ । ऋण घर परिवार चलाउनलाई, मिठोमसिनो खानलाई, राम्रो लगाउनलाई, मदिरा पिउनलाई लिने गर्नुहुँदैन । ऋण व्यापार व्यासायमा लगानी गर्न मात्र लिने गरिन्छ । संस्थाबाट ऋण लिएर घर विहीन र सम्बन्ध विहीन भएका कति त्यस्ता व्यक्तिहरु छन् ।जसले गर्दा विभिन्न समस्याहरू उत्पन्न भएका छन । समाजमा लज्जित हुँदै मागेको ऋण तिर्न नसकेर विदेशिनुको पीडा हामीले भोग्नु स्वाभाविक हो । घर, खेत जाने गरी लिएको ऋण के का लागि लिनु, कसैको घर उजाड हुने गरी नै ऋण दिनु पनि त एउटा अपराध नै हो । जसको लागि व्यक्तिलाई सम्झाई बुझाई गरी मात्र ऋण दिन सक्नु पर्छ । मेरै समाजमा ऋणकै कारण घरमा मनमुटाव भएको र धेरै जसो परिवारले घर खेत बेच्नु परेको कुराहरु सुन्दा मलाई नराम्रो लाग्छ ।

एक नमिठो प्रसङ्ग :
मलाई कुनै दिन अत्यावस्यक काम पर्दा मैले कसैबाट पैसाको नै मदत मागे त्यो पैसाले मैले मेरो जीवनकालमा नाम कमाउन सक्ने एउटा अवसर पाउँथे । मैले कहिले पनि नमिठो सपना देखिन तर जे देखे त्यो पूरा गर्न हरदम प्रयास गर्थे । मलाई त्यहाँसम्म पुग्न आर्थिकले असर परे पनि मेरो हरदमको प्रयासले म सफल या असफल हुन पुग्थे । जे कुरा सोच्यो त्यो पूरा नभए पनि केही कुरा आफूले आफूलाई पुर्याउन सक्ने क्षमता राख्छु । आट्नु भन्दा अवसर पाउनु ठूलो कुरा हो ।जसले अवसर नै पाउँदैन भने आँट गरेर हुने होइन । मलाई आवस्यक परेको त्यो पैसा मैले हाँसिल गरेको त्यो दिन हाँसिल नगरुन्जेल मात्र छट्पटी तर हाँसिल गरेको रातबाट मलाई छट्पटी सँगै पछुतो पनि हुन्छ। कसरी तिर्नु न केही काम, न जागिर, न कसैको साथ न कसैको हौसला कतै बिचरा ती रात र दिनहरू कहालीलाग्दो हुन्छन् । मैले लिन आँट गरे ? तर तिर्न आँट आएन, आउँदै आएन, कदापी आएन ।

मलाई आवस्यक पर्दा कसैले सहयोग गर्छं भने त्यो एउटा नमिठो घटना बनिदिन्छ । कारण मेरो बेरोजगार पन, गरिबीपन र मेरो एक्लो जीवन । दिनहरू गन्दै जाने क्रममा म गरीब परिवारको छोरी हुँ म बेरोजगार भएको झण्डै ३ वर्ष भयो । म अझै बेरोजगार नै छु । यता गर्छु हात थाप्छु, उता जान्छु हात थाप्छु, तर बेरोजगार छु । घरमा पैसा माग्ने हैसियत छैन, व्यक्तित्वले मान्दैन, तर दिनहरू धकेलिरहेछु ।मेरो नजिककाले भन्ने गर्थे ‘यो कति पैसाको पछि मात्र भाग्छे ।’ तर उनिहरुलाई के थाहाँ, म पैसाको पछी होइन् सफलताको पछी भाग्थे । सफलता खोज्दा पैसा नै चाहिन्थ्यो । कति रोएको छु, कति पिरोलिएको छु, कति हडबडाएको छु तर अटल छु, शान्ति छु, धनी छु केही गुमाएको छु! आफ्ना गुमाएको छु, परिवार, समाजमा असफल कहलिएको छु । तर म शान्ति छु, सुखी छु र जिउँदै छु ।

मलाई सफलता पाउनु छ भने मात्र पैसासँग मित्रता गाँस्छु नत्र खुशी रहन पाउँ, सुखी रहन पाउँ त्यही ठूलो कुरा लाग्छ । पैसा चाहियो भन्दा कति वचन सहेको छु । कती अपहेलना सहेको छु । पैसा नहुँदा घरबेटीको वचन, रासन सकिँदा साहूको वचन सहेर नै आज म अगाडि बढदै छु । २०७३ सालदेखि वीरेन्द्रनगरमा बस्दै आए, तर त्यहाँ भोगेको जिन्दगी र मैले भोगिरहेको जिन्दगी धेरै फरक छ, साँच्चि भोग्दा र देख्दा जिन्दगी साह्रै अप्ठेरो हुने रहिछ । घरबेटीको वचन सहँदै गर्दा यस्तो लाग्थ्यो कि, किन गरीब भएर जन्मिए होला । यस्तै कुराहरु भोग्दै गर्दा नै मान्छे बलियो हुन सिक्ने रहिछ, तर भन्दा तीतो, खल्लो लाग्थ्यो, नराम्रो लाग्थ्यो । पैसाको कारण साथीभाई जोडिए पैसाकै कारण छुटे, पैसाको शक्ति साँच्चि नै अद्भुत हुने रहिछ मलाई यही महसुस हुन्छ । पैसाको कारण आफ्ना वचन सहन नसकी आफन्त नै आफन्त जस्तो लाग्दैन । मेरो हैसियतलाई हेरेर पैसाको कारोबार गर्ने ती आफन्तहरूको अगाडी कहिले पनि जान नपरोस । स्वार्थी संगको नाता नभएको राम्रो, आफन्तको सफलतामा हात थाम्न डराउने ती आफन्तहरू लाई डरको रोगले कहिल्यै नछाडोस् ।

पैसालाई नै लिएर होच्याउने, हेप्ने जस्ता जघन्य अमानविय घटना धेरै नै घट्छन् । पैसाको कारण अरूलाई देखाउन बिदेसिएका दाजभाई दिदीबहिनी अलपत्र परेका कति घटना आँखा अगाडि आउँछन्, तर पनि हामी त्यही अलपत्र पर्ने काम गर्छन् । बाँचुन्जेल रमाउने हो यो कुरालाई छाडेर जीवनभर बाँच्ने हो र सुखी, खुशी बन्ने हो भन्ने कुरा हामीले भूल गर्छौं । अक्कल गर्नु पर्ने यति मात्र कुरा हामी जीवनभर रमाएर नै बाँच्न खोजें हामी नै पछि पर्छौं कारण हामी प्रकृतिमा जन्मेका हौं । जन्मजात पैसाको बिटो बोकेर यो प्रकृतिमा आएका पक्कै थिएनौं । हामी प्रकृतिवादी भएर नै बाँच्नु पर्छ । हामी हिंस्रक प्राणी हौं हामी अन्य प्राणीलाई हिंसा गरेर नै अगाडी बढदै आएका छौं तर पनि पाप लाग्छ सोच्न लाग्छौ । आध्यात्मिकतालाई अँगाल्न लागेकै कारण मानव जीवनमा पैसाको खाँचो पर्यो र हामी गरिबीको रेखामुनी बस्न आइपुगियो । प्रकृतिमा आएका छौं । हामी कोही धनी कोही गरीब होइनौ, कोही दलित, कोही बाहुन होइनौ, हामी सबै मान्छे हौं । कोही तल, कोही माथि छैनौं, सबै एउटा रेखामुनी छौ बुझ्न जरुरी छ । यहाँ धनीले गरीबलाई हेर्ने नजर साँच्ची नै अप्रिय छ ।

गरीबलाई हेर्ने तरिका गरीबलाई गरिने व्यवहार र गरीबलाई राखिने ठाउँ साँच्चि नै हेपाहा छ । मानव जीवनलाई अतुलनीय नजरमा राख्नु हुँदैन । निरोगी शरीर र निस्वार्थ मन बोकेर हिँड्न जरुरी छ, मेरो नजरमा तर यहाँ ऋण लिँदै भए नभएका खुशीहरु किन्ने नाममा जिन्दगी नै सकेका हुन्छन् । भोलिको लागी साँच्न नजानेर आजलाई मात्र सोची जिन्दगी धरापमा कसैले नपारौं किनकी बाँच्नु लेखिएको छ भने मर्नलाई किन काल किन्छौ । पैसा काल हो अलि टाढा बस्न सिकौं । पैसा सबैथोक होइन, पैसा काल पनि हो यो कहिलै पनि भुल्नु हुँदैन । पैसा इष्टमित्र, दाजुभाई, दिदीबहिनी, काकाकाकी, मामामाइजु, सासुसासुरा सबै हो, तर जिन्दगी भने पक्कै होइन यो काल हो । यहाँ कति फसेका छन्, कसैले असल छोरा, कसैले असल बुवा त कसैले असल परिवार गुमाएका छन् । यसलाई दुरपयोग नगरौं सदुपयोग गरेर जिन्दगीलाई परिवार सँग बाँध्न र बाँच्न सिकौँ । हामीमा जे छ त्यसमा खुशी हुन सिकौँ, हामी जे हौं त्यही हुन सिकौँ, धनी हुने चक्करमा भए भरको जिन्दगीलाई पैसा समर्पित नगरौं, परिश्रम गर्न सिकौ परिश्रमको फल मिठो हुन्छ । त्यसै भनिएको होइन, ठूलो र मोटो रकममा कर्जा लिने काम आज बाट नै त्यागौं, घरपरिवार र आफ्नो धूम्रपान मद्यपानको लागि कर्जा लिन छाडौँ र व्यापार व्यवसायमा लाग्न चाहनेले फजुल खर्च नगरी व्यापार व्यवसायलाई माया गरौं जिन्दगीलाई सूर्य होइन चन्द्रमा बनाउनुस् सुखी हुनुस् । आफ्नो आफ्नो परिवारलाई साथ दिँदै अगाडि बढौँ । धन्यवाद !