गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो

काठमाडौं, प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत थापाले स्थानीय विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला युवाहरुको समूहले आफूमाथि कालोमोसो दलेको बताएका छन् । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा छलफल गरिरहेको समयमा केही युवा आएर कालोमोसो दलेर भागेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले घटनास्थलमा प्रहरी पुगेको र कालोमोसो दल्ने युवाहरुको खोजी भइरहेको बताए ।

यता नेकपा प्युठानले १० बुँदे विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । नेकपाका जिल्ला सेक्रेटरी अजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा मल्लरानी–५, सरङकोट स्थित भूमे विकास आधारभूत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा शंकास्पद व्यक्तिलाई संरक्षण गरेको, उक्त विद्यालयका शिक्षक शिक्षिकालाई अभिभावकले सामाजिक बहिष्कार गर्दा पनि गाउँपालिकाले संरक्षण गरेको, विभिन्न बिकाश योजनको बजेट फ्रिज गराएको, कोरोना महामारीको खर्च विवरण सार्वजनिक नगरेको, बिपन्न जनताको नाममा खरिद गरिएको सोलारमा अनियमिता गरिएको लगायतका आरोप लगाएको छ ।

यस्तो छ विज्ञप्ति