प्रतिनिधिसभाको आगामी बैठक आइतबार

काठमाडौँ, प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्‍ने गरी बैठक स्थगित भएको हो ।शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा एमालेले नाराबाजी गर्दै संसद्‌मा विरोध गरेका थिए ।