बुधबारको संसद बैठकमा एमसीसी पेश हुन्छः कांग्रेस नेता कोइराला

काठमाडौं, नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।

एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए । 

त्यस्तै पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए । एमसीसीबारे ब्रिफिङकै लागि उनी बैठकमा सहभागी भएका थिए । 

यस्तै  काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताइन् ।