जानकी गाउँपालिकामा माओवादी केन्द्रको जनयुद्ध दिवस

नेपालगन्ज, नेकपा माओवादी केन्द्रले २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।आईतवार नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका समितीको आयोजना जनयुद्धको २७ औँ बार्षिकोत्सवको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जानकी गाउँपालिका पार्टी अध्यक्ष लक्षाराम बर्मा, विशेष अतिथी नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसीएल बाँकेका इन्चार्ज तथा जानकी गाउपालिका पार्टी कमिटी उपाध्यक्ष किस्मत अलि शेष ‘जीत’ अतिथिमा गाउँपालिका कमिटी उपाध्यक्ष प्रकाश् ददेल, कृष्ण शर्मा लगायत ६ वटै वडाका पार्टी अध्यक्ष तथा कर्याकर्ताहरुको उपस्तिथिमा जनयुद्ध दिवस मनाइएको थियो ।