प्रधानमन्त्री देउवा लगायतका नेताको पुत्ला दहन

बाँके, अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको संसदबाट पास गर्ने प्रयत्न गरिएको भन्दैँ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा लगायतका नेताको पुत्ला दहन गरिएको छ ।शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका ४ को बाँनियाभर चोकमा नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा सङ्गठन नेपाल बाँकेद्धारा एमसिसी सम्झौता पास गर्न प्रयत्न गर्ने प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष नेता केपी वली, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र अमेेरिकी राष्ट्रपती जोय वाइडेनको मलामी सहित पुत्ला जलाएका हुन ।

उक्त पुत्ला दहन कार्यक्रममा सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सचिबालय सदस्य तथा भेरी-कर्णाली ब्युरो इन्चार्ज विष्णु जिसीले प्रधानमन्त्रीले शेर बहादुर देउवा, प्रचण्ड लगाएतका संसदबादी शिर्ष नेताहरूले एमसिसी सम्झौता नेपालको संसदबाट पास गर्छु भनेर गरिएको प्रतिबद्धता प्रती युवा सङ्गठन नेपाल सडक संघर्षमा रहेको बताए।

एमसिसीले नेपालको भौगोलिक अखण्डता र नेपाली जनताको हकअधिकार संकटमा पार्ने निश्चित भएको बताउदै नेता जिसीले एमसिसी लागू गरेर देशलाई अफगानिस्तान र सिरिया बनाउन खोजिएको आरोप लगाए ।

यसका विरुद्ध युवा सङ्गठन नेपाल जनताको हकहितका लागी निरन्तर आवाज उठाउदै आएको र यदी एमिसिसी सम्झौतालाई खारेज नगरियको खण्डमा शसक्त आन्दोलनमा गर्ने चेतावनी समेत दिए।

विकाशको नाममा आएको अमेरिकी सहयोग परियोजना एमसिसी राष्ट्रघाती भएको भन्दैँ उक्त सम्झौतालाई नेपाको संसदवाट अनुमोदन गर्न नहुने भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा मशाल, नेकपा क्रान्तिकारी माओवादी, ऋषी कटेलको नेकपा, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समावादी पार्टी नेपाल लगायतका बिभिन्न राजनितीक दलहरु निरन्तर आन्दोलनमा छन् ।