एमसिसी सम्झौता खारेजीको माग गर्दैँ बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बाँके, अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता खारेजीको माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।एमसिसी सम्झौता खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल जिल्ला बाँकेको तर्फबाट जिल्ला अध्यक्ष दिपक बुढा सहितको टोली जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सुर्य बहादुर खत्री मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई बिहिवार ज्ञापनपत्र बुझाएको हो ।

अहिले नेपालमा नेपालको वैश्विक भु-राजनीतिक र सामरिक महत्व र विश्व राजनीतिमा देखापरेका शक्तिशाली देशहरुका पछिल्ला चालहरुको सही कुटनैतिक मुकाबिला गर्न नसक्दाका कारण वैदेशिक हस्तक्षेप र अतिक्रमण तीव्र बन्दै गइरहेको छ । जसका कारण नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली जनताको अधिकार संकटमा पर्ने निश्चित भएको छ । युवा सङ्गठन नेपाल बाँकेका अध्यक्ष दिपक बुढाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

साथै ज्ञापनपत्रमा एसियामा नेपालको भु-राजनीतिक र सामरिक महत्त्वका कारण र नेपाललाई आफ्नो साम्राज्यको एउटा अखडा बनाउने अमेरिकी सत्ताको उद्देश्य सहित एम.सि.सि सम्झौता नेपालको सदनबाट पास गराउने षड्यन्त्र हुँदैछ भन्ने यथार्थ यस सम्झौतामा निहित राष्ट्रघाती बुँदाहरूबाट सहजै बुझ्न सकिन्छ । उक्त सम्झौतामा उल्लेख गरिएका बुँदाहरू नेपालको सम्प्रभुता, भौगोलिक अखण्डता, नेपालको संविधान, छिमेकी विरुद्ध नेपालको भुमि प्रयोग हुन नदिने असङ्ग्लनताको परराष्ट्र नीति र नेपाली जनताको अधिकार विरुद्ध रहेको उल्लेख छ ।

त्यस्तै ज्ञापनपत्रको अन्तममा हाम्रो गौरवशाली देशभक्त सङ्गठन युवा सङ्गठन नेपाल राष्ट्रघाती तथा कथित अमेरिकी अनुदान एम.सि.सि सम्झौता अविलम्ब खारेजीको माग गर्दै यो ज्ञापनपत्र प्रेषित गर्दछ । अन्यथा राष्ट्रप्रेमी देशभक्त युवाहरूले राष्ट्रघाती यसखाले सम्झौता र यसका पक्षधरहरू विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

यस्तो छ ज्ञापनपत्र