देउवा भेटन भेट्न केपी ओली बालुवाटार जादैँ

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेट हुने भएको छ ।ओलीको सचिवालयका एक सदस्यले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाएको बताएका छन् ।
‘सामसायीक राजनीतिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई बोलाउनु भएको छ’ ओलीका प्रेस संयोजक रामशरण बजगाई‌ले भने,’अपरान्ह ४ बजे उहाँहरुबीच भेट्ने तय भएको छ ।’

ओली छ महिनापछि बालुवाटार जान लागेका हुन् । देउवा-ओलीबीच यो संवादले एमसीसी पास गर्ने सन्दर्भमा नयाँ समीकरण बन्ने सक्ने नेताहरुको भनाइ छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको छ भने एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा मतभेद सिर्जना भएको छ ।

यसअघि एमालेले सभामुख हटाएर गठबन्धन तोडेको अवस्थामा एमसीसी पास गर्न सघाउने भन्दै आएको छ । प्रधानमन्त्री देउवाले यसअगाडि ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेटेका थिए ।