पेट्रोलियम पर्दाथको मुल्यवृद्धी विरुद्ध कोहलपुरमा चक्काजाम

नेपालगन्ज, सरकारले गरेको पेट्रोलियम पर्दाथको मूल्यवृद्धिका विरुद्ध नेत्र विक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट संयुक्त जनवर्गीय संगठनद्धारा आज कोहलपुरमा एक घण्टा चक्काजाम गरिएको छ ।कोहलपुर चौराहको पुर्व, पश्चिम, उत्तर, दक्षिण चारैवटा राजमार्ग बन्दगरी बिहान १० बजेदेखि ११ बजेसम्म बाँके जिल्ला लयाएत देशैभरी एकसाथ चक्काजाम गरिएको अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिल्ली क्षेत्रीले कुशे न्युजलाई जानकारी दिएका छन।चक्काजामलाई सम्बोधन गर्दै नेकपा बाँके, बर्दिया इन्चार्ज दिपक चलाउनेले सरकारले जनताको दु:ख दिनेगरी ब्रमलुट मच्चाएको भन्दै इन्धन लगायत अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न उनले माग गरेका छन।उनले मूल्यवृद्धी कुनै पार्टीको बिषय मात्र नभई आम नेपाली जनताको हकहिको लागी भएको र यसको नेतृत्व नेकपाले गरेको बताए । सरकारले मुल्यवृद्धी तत्काल फिर्ता नगरेसम्म निरन्तर संघर्षका कार्यक्रम अगाडी बढाउने समेत बताएका छन।