स्काभेटर आगजनीको घटना : संकाको घेरामा विप्लव नेकपा, तर नेकपाले भन्यो – हाम्रो संलग्नता छैन्

तरुण दलद्वारा भत्सर्ना

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकामा एउटा स्काभेटरमा आगजनी गरिएको छ । गाउँपालिकाको वडा नं. २ मसुरी बगर लामाचौर जंगलमा पार्किङ गरेर राखिएको एउटा स्काभेटरमा अज्ञात समुहद्धारा मंगलबार राती आगजनी गरिएको हो ।

तस्वीर : सामाजिक सञ्जाल

निशान बिल्डर्सको भे १ प ११११ नम्बरको स्काभेटरमा रातीको समयमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

निशान बिल्डर्सले आफ्नो स्टक उठाउनलाई प्रयोग गरेको स्काभेटर जलाइएको हो । मंगलवार राती पौने १० बजे तिर स्काभेटरका चालक तथा सहचालक खाना खान गएको बेला अज्ञात समूहले आगजनी गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे सुक्ष्म निगरानी र अनुसन्धान भइहरेको जनाएको छ । ‘घटनालाई टेक्निकल्ली हेरिरहेका छौं,’ इप्रका इन्चार्ज डिएसपी रविन्द्र खनालले भने, ‘व्यक्तिगत विवाद वा थ्रेटका कुरालाई पनि नियालिरहेका छौं ।’ उनले दोषी उन्मुक्त हुन नदिने बताए ।

संकाको पहिलो घेरामा नेकपा

बाँकेले जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न नदिहरुबाट पहुचकै भरमा मापदण्ड बिपरित नजिजन्य पदार्थको अबैध उत्खनन् भइरहेको भन्दै त्यसको चौतर्फी रुपमा बिरोध हुँदै आएको छ । केही समय पहिले त्यस क्षेत्रका स्थानीय बासीहरु जिल्ला प्रशासन कार्यालय बाँकेमा आएर प्रमुख जिल्ला अधिकारीलाई भेटी अवैध उत्खनन् रोक्नको लागी ध्यानाकर्षण गराएका थिए । स्थानियबासीका साथै विभिन्न राजनितीक दल, संघसंस्था, अगुवा व्याक्ति तथा पत्रकारले समेत नदिजन्य पदार्थ दोहन विरुद्ध आवाज उठाउदै आएका छन् । यो गर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अग्रभागमै देखिने गरेकोले घटनामा नेकपाकै संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

शत्ता र शक्तिकै आडमा मापदण्ड बिपरित उत्खनन् भइरहेको दावी गर्दै नेकपाले त्यसलाई रोक्नु पर्ने भन्दै केही महिना पहिले राप्तिसोनारी गाउँपालिका कार्यालयमा ज्ञापनपत्र दिने देखी कामकाज अवरोध हुने गरि धर्ना समेत दिएको थियो ।

स्थानीय पालिका मात्र नभएर अन्य सरोकारवाला निकाय जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय र जिल्ला बन कार्यालय बाँके लगायतका सरोकारवाला निकायलाई समेत विभिन्न समयमा लिखित तथा मौखिक ध्यानाकर्षण बुझाएको थियो ।

केही महिना पहिले जनप्रतिनिधि, कर्मचारी तथा शुरक्षा निकायका केही व्यक्ति, गुण्डा र ठेगेदारको मिलेमतोमा नदिजन्य पदार्थको अवैध उत्खनन् भइरहेको भन्दैँ कोहलपुरमा पत्रकार संम्मेलन समेत गरेको थियो ।

साथै, केही महिना अघि मात्र स्टक प्रमाणित नगरी राप्ती आसपासका विभिन्न जग्गा र सामुदायिक बनमा थुपारेर राखिएको दाबी गर्दै नदिजन्य पदार्थमा झण्डा गाडेर जनताको सम्पत्तिको घोषणा गर्न माग समेत गरेकोले आगजनीमा नेकपाकै संलग्नता हुने सक्ने सम्वद व्यावसायिको आशंका छ ।

के भन्छ नेकपा ?

विप्लव नेतृत्वको नेकपाले स्काभेटरमा आगजनीको घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । ‘बाँके जिल्लाका विभिन्न नदिहरुबाट शक्तिको आडमा मापदण्ड बिपरित गरिएको अबैध उत्खनन बिरुद्ध हाम्रो पार्टी लामो समय देखि निरन्तर संघर्षमा रहेको कुरा सत्य हो, । हामी हिजोका दिनमा पनि अवैध उत्खनन हुनुहुन्न भन्ने पक्षमा थियौ, आज पनि छौँ र निरन्तर हुनेछौँ, हामिले पनि मिडिया मार्फत घटनाको जानकारी पायौँ, नेकपाका सेक्रेटरी अनिलले भने, ‘आगजनीको घटनामा हाम्रो पार्टीको कुनै पनि संलग्नता छैन ।’

राप्तीसोनारी गाउँपालीका लगायत जिल्लाका विभिन्न स्थानका नदि खोलाहरुबाट सत्ता र पहुँचकै भरमा हुने नदिजन्य पदार्थ उत्खनन् रोकिनु पर्ने बताए । ‘अहिले हाम्रो पार्टीले जिल्लाभर अनुगमन गरिरहेका छ, राप्ती नदि क्षेत्र मात्र नभएर आसपासका सबै नदिहरुमा मनोमानी उत्खनन भइरेको छ, यो सरोकारवाला निकायहरुले हेर्न सकेका छैनन् वा चाहेका छैनन् त्यो प्रष्ट भइसकेको छ, सरोकारवालाको अनुगमन छैन्,कति उत्खनन भयो त्यसको रेकर्ड छैन्, मुल्यांकन छैन्, करोडौं मूल्य पर्ने नदिजन्य पदार्थ कौडीको मुल्यमा अमानतमा दिइएका छन्न, गुण्डागर्दी शैलिमा जनताको सम्पत्ति माथी ब्रमलुट गरिएको छ । जो हाम्रो पार्टीको लागि मान्य छैन्, उनले भने ।’ साथै उनले सत्ता र शक्तिकै आडमा जनताको सम्पत्ति माथी लुटपाट तथा दोहन गर्न खोजिएमा पार्टीलाई सहिय नहुने समेत बताए ।

तरुण दलद्वारा भत्सर्ना

मंगलबार राती अज्ञात समुहद्धारा स्काभेटरमा अज्ञात समूहले आगजनी गरिएको घटना प्रती नेपाल तरुण दल क्षेत्र नंः १ बाँके र नेपाल तरुण दल कोहलपुर नगरले एक प्रेस विज्ञप्ती मार्फत भत्सर्ना गरेको छ ।

नेपाल तरुण दल क्षेत्र नंः १ बाँके सभापति दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुर नगर सभापति हरी कठायतले एक विज्ञप्ती जारी गर्दैँ कसैले झण्डा गाडेको भरमा आफ्नो निजी सम्पत्ति उपयोग गर्न नपाउनु र अझ आफ्नै सम्पत्तिमा आगजनी गरिनु तथा एक निर्माण व्यवसायीको संरक्षण नहुनु दुःखद पक्ष भएको बताए । साथै उनले यस्ता अवाञ्छित क्रियाकलापको निन्दा गर्दै सो घटनाप्रती प्रशासनले सुक्ष्म तवरबाट अनुसन्धान गरी दोषि उपर कडा कारवाहीको माग समेत गरेका छन् ।

त्यस्तै, उक्त घटनालाई तोडमोड गर्न खोजेको खण्डमा आन्दोलित हुनेसमेत विज्ञप्ती मार्फत चेतावनी दिएका छन् । स्काभेटरमा संचालक गौरव रावल तरुण दल कोहलपुर नगरका उपसभापति समेत रहेका छन् ।