लागू औषध मुद्दाका फरार प्रतिवादी खजुराबाट पक्राउ

नेपालगन्ज, बाँके प्रहरीलेले एक जना लागू औषध मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।बाँके जिल्ला अदालतबाट लागू औषध कारोबार मुद्दामा २ बर्ष दुई महिना सजाय तोकिएका जुम्ला चन्दनाथ गा.पा. वडा न. ५ का २५ बर्षिय सुनारलाई प्रहरीले बिहिवार खजुराबाट पक्राउ गरेको हो ।

उनलाई बाँकेको खजुरा गाउँपालिका वडा न.६ सिमलघारी स्थित लुकिछिपि बसि रहेको अवस्थामा ईप्रका धनौली बाँके र जिप्रका बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले प्रकाउ गरेको प्रहरीले जनाएको छ ।