पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरुद्ध नेपालगन्जमा कोणसभा

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटका संयुक्त जनवर्गीय संगठनद्वारा आज बाँकेको नेपालगंजमा पेट्रोलियम पर्दाथमा गरिएको मुल्यबृद्धिका विरुद्ध विराेध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ।उक्त विरोध पर्दशनमा सम्बोधन गर्दै नेकपा निकट अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिल्ली क्षेत्रीले ‘सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पर्दाथमा गरिएको मुल्यवृद्धी फिर्ता गर्न माग गरेका छन् ।

सरकारले पटकपटक मुल्यवुद्धी गरेर जनतालाई सास्ती दिरहेको बताउदै उनले फिर्ता नगरेको खण्डमा कडा संघर्षको सामना गर्नुपर्ने बताए ।

उक्त पर्दशनमा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, जनता लुट्न पाइदैन, देश बेच्न पाइदैन जस्ता नारा समेत लगाइएको थिए।

सरकारले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर ३ रुपैया बढाएको छ।