नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघ सुर्खेतको अध्यक्षमा हिमाल लामा

बिरेन्द्रनगर, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघ सुर्खेतको अध्यक्षमा हिमाल लामा चयन भएका छन् ।‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने उदेश्यका साथ लामाको नेतृत्वमा मंगलबार ९ सदस्य नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघ सुर्खेत जिल्ला कार्य समिती गठन गरिएको हो ।

जसको उपाध्यक्ष मरिचमान सुनार र शिव फडेरा, सचिब रामजन शाही, काेषाध्यक्ष रमिला राेकाया निर्वाचित गरिएको छ । त्यस्तै सदस्यहरुमा रमिला शाही, अजय लामा, संगिता तामाङ लगायत रहेका छन् ।

उक्त कार्यक्रम नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक हाेम बहादुर सुनार र जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीको आथित्वमा सम्पन्न भएको हो ।

त्यस्तै अन्य अथितिहरुमा संघका दैलेख जिल्ला संयोजक गजेन्द्र थापा, कालिकोट जिल्ला संयोजक गाेगन कुमार बिश्वकर्मा, तेक्वान्दोका बरिस्ठ गुरु उपेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।