कोहलपुर जेसिजका शाखा पदाधिकारीहरुलाई एक दिने तालिम

कोहलपुर, कोहलपुर जेसिजले एक दिने शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ । कोहलपुर जेसिज र जुनियर जेसिजको संयुक्त आयोजनामा शाखा पदाधिकारीहरुलाई एक दिने तालिम बुधबार सम्पन्न गरेको हो ।उक्त कार्यक्रमलाई नेपाल जेसिजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा तालिमका प्रशिक्षक तिर्थराज पौडेलले पानसमा दिप प्रज्वलन गरेर तालिमको समुद्घघाटन गरेका हुन् ।

उनले तालिममा सहभागी व्यक्तिहरूलाई जेसिज के हो ? कहिले स्थापना भएको ? जेसिजको दर्शन, मिसन, केहो ? जेसिजको स्थापना कालदेखि लिएर अहिलेसम्म जेसिजले गरेको कार्यहरूको बारेमा जानकारी दिद भर्खरै मात्र पदभार ग्रहण गरेका पदाधिकारीलाई कामको बाडफाट बारे प्रशिक्षण दिएका थिए ।

जेसिजमा लागेका युवाहरुलाई प्रोत्साहन गर्दै उनले सहभागीहरुलाई नेतृत्व व्यक्तित्व विकास गर्ने तालिम दिदै समाजमा रहेका अन्य व्यक्तिहरूलाई पनि जेसिजमा ल्याउनुपर्ने कुरामा जोड दिनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शर्माले जेसिजले पछिल्लोपटक युवाहरूलाई लक्षित गर्दै विभिन्न किसिमको तालिमहरु आयोजना गर्दै आएको बताए । उनले जेसिजमा लागेका युवाहरूले भोलीको दिनमा अग्रपंक्तिमा रहेर काम गर्ने सक्ने कुरामा जोड दिएका छन। तालिमको प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्दै शर्माले प्रशिक्षक पौडेललाई मायाको चिनो प्रदान गरेका छन।

साथै उक्त तालिममा ३० जनाको सहभागी रहेको तालीमका संयोजक नवीन रेग्मीले कुशे न्युजलाई जानकारी दिएका छन।