पत्रकार महासंघ बाँकेलाई जनपत्रकार संगठनको ७ बुदे ज्ञापनपत्र

नेपालगन्ज, जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाके द्वारा पत्रकार महासंघ बाँके शाखालाई ७ बुदे ज्ञापनपत्र बुझाएको छ।मंगलवार जनपत्रकार संगठन नेपाल, बाँकेका अध्यक्ष कमल अधिकारीले महासंघका सचीव कमल डाँगी समक्ष पत्रकार महासंघ थप मर्यादित, अनुशासित र जिम्मेवार बन्नुपर्ने लगाएतका विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका हुन ।

उक्त ज्ञापनपत्र बुझ्दै महासंघका जिल्ला सचीव कमल डांगिले महासंघको हितमा रहेका जायज मागहरुको सम्बोधन गर्नको लागि सस्थागत रुपमा पहल चाल्ने बताए । साथै उनले कतिपय मागहरू पूरा भैसकेको र पूरा नभएका कामहरू पुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे। साथै उनले जनपत्रकार संगठनका पदाधिकारीहरुलाई महासंघको सदस्यता लिनुपर्ने कुरामा जोड दिएका छन।

यस्तो छ ज्ञापनपत्र