जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा

कर्णाली सरकार यतिबेला सरकारको आयतन बढाउने तिर उन्मुख छ । प्रमुख सत्ता सारथीका रूपमा रहेको माओवादी केन्द्र आफ्ना अपुरा प्रतिनिधि पठाउने योजनामा छ । मन्त्रीको लागि शुभ साइत पर्खेका डोल्पाका माननीय वीर वहादुर शाही यतिबेला चर्चामा छन् । उनको चर्चा माओवादी बृत्तमा नयाँ भने होइन । उच्च तहका नेतृत्वको थपडी देखि सांसदिय दल र डोल्पाली जनताका आशाको त्यान्द्रो बनेका शाही मिडियामा विभिन्न रूपले चर्चा पाउनु भने अनौठो हैन ।

वीर बहादुरको विरताको कथा

हुन त उनको राजनीतिक इतिहास धेरै लामो भने छैन । राजनीतिक जीवन लामो नभए पनि शाहीका जीवनका उतार चढाव भने कम छैनन् । डोल्पा टेकेर उनी कर्णालीकै जग मजबुत बनाउन चाहन्छन् । सानै उमेरमा टुहुरो हुनुको पीडाले उनलाई खुसीमा नमातिन र दुखमा नआतिन सिकायो । जीवन जिउने क्रममा उनले सवैभन्दा पहिला ठेक्कापट्टा रोजे । व्यवसायमा लाग्दा उनको सम्पति भनेको हिम्मत बाहेक अरु केही थिएन । त्यही हिम्मत पूँजी बनाएर अघि बढ्दा आफूलाई सफल व्यवसायी प्रमाणित गरे । यसले मात्र उनको भोक मर्ने अवस्था थिएन । उनी समाजसेवी भएर फक्रिन चाहान्थे । त्यसको लागि राजनीति फराकिलो बाटो थियो । धेरैले आमन्त्रण गरे तर अन्तिममा माओवादी शाहीको रोजाइमा प¥यो । अहिले यात्रा जारी छ । तर गन्तव्य फेला परिसकेको छैन । माओवादी जनयुद्धमा रहँदा उनले राम्रै आर्थिक भरथेग दिएका थिए । अच्चम त के भने गोप्य हिसाबले उनी २०५५ सालदेखि माओवादीको संगठित सदस्य थिए । उनलाई सदस्यता दिने नैनसिंह पहाडीहरू पनि नेतृत्वमा नै छन । उनिहरू वीर वहादुर त्यतिकै यहाँसम्म नपुगेको बताउँछन् । पहाडीले भने जस्तै उनी माओवादीका आर्थिक सल्लाहकार मात्र नभएर भरलाग्दो खम्बा थिए । हुन त आलोकहरुले उनलाई टपक्क टिपेर ल्याएको टिप्पणी पनि गर्छन ।

तर पत्थरको जवाफ फूल दिएजस्तै शाहीले आलोचनाको बदला कामले चुकाएका छन् । शाहीको प्रतिवद्धता छ– म हिजो माओावादी, आज माओवादी र भोलि पनि माओवादी रहनेछु । डोल्पालाई लालकिल्ला बनाउने उनको भीष्म प्रतिज्ञा छ । पछिल्लो समय कर्णाली प्रदेशमा कामकाजी सांसदको विशेषण पाएका शाही कुरा कम, काम बढी गर्न रुचाउँछन् ।

जनताको दुखसंग सुख साटने आदत बनेको छ । डोल्पासंग माटो र मुटुको साइनो जोडिएको ठान्ने उनी नाभी गाडिएको ठाउँलाई न्याय दिलाउने संकल्प गर्छन । शाहीको कामले स्थानीय प्रफुल्ल छन् । सडक, भवन, घेराबार, सिंचाईलगायतका जनताका जनजीविकासंग जोडिएका काममा उनको प्राथमिकता छ । जनताका गुनासा सुन्न घर, घर बस्ती(बस्ती पुग्ने शाही योजनासंगै जनभावनाको संबोधन गर्ने बताउँछन् । 

हेर्नुस भिडियो