सहिद दिवसको अवसरमा कोहलपुर जेसिजद्वारा रक्तदान कार्यक्रम

कोहलपुर, कोहलपुर जेसीजले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । सहिद दिवसको अवसरपारेर कोहलपुर जेसिज र जुनियर जेसिजको सयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तादन गरेको कार्यक्रमका संयोजक धुर्व आचार्यले कुशे न्युजलाई जानकारी दिएका छन।कार्यक्रममा नेपाल रेडक्रस सासोईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले रक्तदान कार्यक्रमको समुद्घाघटन गर्दै उनले सहिद दिवसको अवसरमा कोहलपुर जेसिजद्वारा सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको प्रती खुसी व्यक्त गरे। यूवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि सक्रिय रहेको जेसीजले सामाजिका कार्यहरुलाई विशेष जोड दिएकोमा उनले जेसिजलाई कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले रगत अभावकै कारण कसैको जीवनमा कुनै समस्या नआउनका लागि जेसीजले रक्तदान कार्यक्रमको आयोजना गर्नु राम्रो भएको बताउँदै जेसीजसँग नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले सहकार्य गरिरहेको जानकारी समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष ईश्वर शर्माले ‘जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत आज सहिद दिवसको अवसरमा सहिदहरुको सम्झना गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए। जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका छन् । रक्तदान कार्यक्रममा सहभागिता भई रक्तदान गर्नेहरुलाई अध्यक्ष शर्माले धन्यवाद साथै कृतज्ञता व्यक्त गरेका छन।’

कोहलपुर जेसीजको र जुनियर जेसिजको आयोजना, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम रक्त सञ्चार ईकाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सम्पन्न भएको थियो ।