हुम्लाको सर्केगाडले गर्यो जेहन्दार बिद्यार्थीलाई सम्मान

वीरेन्द्रनगर, सुर्खेत हुम्लाको सर्केगाड गाउँपालिकाले जेहन्दार बिद्यार्थीलाई सम्मान कार्यक्रम गरेको छ । सर्केगाड गाँउपालिकाले एमविविय पास गर्ने दुई जना  डाक्टरलाई सम्मान गरेको हो  । वीरेन्द्रनगर सुर्खेतमा जेहेन्दार विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रमको आयोजना गर्दै एमविविय पास गर्ने दुई जना  डाक्टरलाई सम्मान गरेको छ । गाँउपालिका वडा नं ४ का छक्क थापा र वडा नं २ का विनोद कार्कि सम्मानीत  भएका छन् ।
वीपी प्रतिष्ठान मेमोरीयल कलेज धरानबाट थापाले र काठमाण्डौँ मेडिकल कलेजबाट कार्किले एमविविय पास गरेका हुन् । हुम्ला जस्तो विकट ठाँउमा जन्मेका विद्यार्थीले एमविविय पास गरेपछि प्रोत्साहन स्वरुप सम्मान गरेको गाँउपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । अध्यक्ष रोकायाका अनुसार थपप्रगति गरुन भनेर सम्मान कार्यक्रमको गरिएको उनको भनाइ थियोे । सम्मानीत डाक्टरलाई  हुम्लामा नै सेवा दिन अध्यक्ष रोकायाले अनुरोध गरे ।
थप उच्च शिक्षा अध्यानमा सहयोग गर्नको लागी गाँउपालिका सधैँ तयार रहेको उनको भनाई छ । यसै सम्मान कार्यक्रममा बोल्दैँ कर्णाली प्रदेश सभा सदस्य एवम् पुर्व सामाजिकस विकास  मन्त्री दल रावलले पनि सम्मानीत डाक्टरलाई बधाई दिदैँ हुम्लामै बसेर सेवा दिनआग्रह गरे । सम्मान कार्यक्रममा पुर्व योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकाया स्थानीय तहका जनप्रतिनिधि वुद्धीजिवी लगाएको सहभागीता रहेको थियो ।