सांसद खरेलद्धारा भेरी अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण

नेपालगन्ज /नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता बाके जिल्लाका अध्यक्ष प्रदेश सांसद आइपी खरेलले भेरी अस्पताललाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन।नेता खरेलले बुधबार अस्पताललाई १ थान अक्सिजन सिलिन्डर, १५ प्याकेट मास्क,१२ थान अक्सिमिटर पल्स,२ प्याकेट एन्टिजन किट्स, १० वटा पिपिई सेट भेरी अस्पताललाई हस्तान्तरण गरेका हुन ।

पछिल्लो समय नेपालमा बढ्दै गएको नया भेरियन्त ओमिक्रोन भाइरसले गर्दा धेरै जनजीवन कष्टकर बन्दै गएको र यसबाट धेरै मानिसहरु प्रभावमा पर्ने भएको कारण कतिपय ठाउमा स्वास्थ सामाग्रीको अभाव भएकोले उक्त सामाग्री हस्तान्तरण गरेको अध्यक्ष खरेलले कुशे न्युजलाई जानकारी दिए ।

साथै उनले स्वास्थ सामाग्रीहरु अभाव भएको विभिन्न ठाउहरुमा वितरण गर्नुपर्ने कुरामा जोड दिने खरेलले बताए ।