मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो

काठमाडौं, मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थी संगठनले कालोमोसो दलेका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफल लगत्तै विद्यार्थीहरूले ‘माफिया’ को संज्ञा दिदै शिक्षा मन्त्रालयमै गएर शर्मालाई कालोमोसो दलेका हुन् ।शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनलेहरु संयुक्त सात विद्यार्थीहरुले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिदैँ घटनामा गिरफ्तार अनेरास्ववियुका उपमहासचिव महेश मास्के र स्थायी कमिटी सदस्य अमर पुनको सिग्र रिहाईको माग समेत समेत गरेका छन् ।

विद्यार्थी संगठनहरुले शर्मा आन्दोलनरत विद्यार्थीहरुका जायज मागमा छलफल गर्नुको साटो विद्यार्थीहरु लाई डर धम्की र परिवारलाई मानसिक तनाव दिई निति, नियम र कानुनलाई ठाडो चुनौति दिने, शिक्षा मन्त्रालयमा सरोकारवाला पक्ष बीच छलफल गर्ने क्रममा विद्यार्थी र अविभावकहरुलाई हतोत्साहित गर्ने निर्णयहरुमा नोड अफ डिसेन्ट लेख्ने र सङ्गठनहरुलाई समेत दुव्र्व्यवहार गर्ने हर्कत गरेकाले शर्मालाई कालोमोसो दलिएको विज्ञप्ति उल्लेख छ ।

साथै विद्यार्थी सङ्गठनले नेपालको मेडिकल शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिएर सबै नागरिकहरुको पहुँचमा मेडिकल शिक्षा पुर्याउन र आन्दोलनरत विद्यार्थीहरुको पठनपाठनको व्यवस्था अविलम्ब गर्न पनि जोडदार माग गरेका छन् ।

बिगत ४१ दिन देखी काठमाडौँ मेडिकल कलेज काठमाडौं, नोबेल मेडिकल कलेज विराटनगर र मणिपाल मेडिकल कलेज पोखरामा चिकित्सा शिक्षाका एमबिबिएस, बिडिएस र बिएनएसका विद्यार्थीहरू मेडिकल कलेजको अतिरिक्त शुल्क, अनिवार्य होस्टेल लगायतमा अतिरिक्त शुल्क लिएको भन्दैँ विभिन्न मागहरु सहित आन्दोलनमा थिए । यसै बिषयमा संयुक्त विद्यार्थी सइठनहरुले शिक्षा र गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र समे बुझईएका थिए । आन्दोलनरत विद्यार्थी संगठन र कलेज बिच शिक्षा मन्त्रालयमा वार्ताका लागि शर्मा त्यहाँ पुगेका बुझिएको छ ।