कोहलपुर जुनियर जेसिजको छैठौँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर जुनियर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा बुधबार सम्पन्न एक कार्यक्रमका बिच जुनियर जेसिज वर्ष २०२२ को पदग्रहण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी चौधरीद्वारा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घघाटन भएको थियो । कोहलपुर जुनियर जेसिज वर्ष २०२१ का अध्यक्ष बिष्णु शर्माले कार्यक्रममा कोहलपुर जुनियर जेसिज वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष रिश्ता क्षेत्रीलाई चेन हस्तान्तरण गर्दै पदस्थापन गरिएको हो । साथै नवनिर्वाचित अध्यक्ष क्षेत्रीलाई वर्ष २०२१ का अध्यक्ष बिष्णु शर्माले सपथ खुवाएका थिए । त्यसपछी नवनिर्वाचित अध्यक्षले आफ्ना पदाधिकारीहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथ खुवाएकी थिइन।पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी चौधरीले पछिल्लो समय जेसिजले समाजमा रहेर राम्रो काम गर्दै आएको बताइन् ।‘जेसिजको सिस्टम आफैमा एकदमै बलियो छ, जेसिजमा आवद्ध भएका सबै व्यक्तिहरुको छुट्टै पहिचान बनेकोछ ।’ उनले भनिन ।

साथै उनले जेसिजमा लागेका व्यक्तिहरु राष्ट्रिय राजनीतिमा पनि सफल भएको बताइन् । उनले जुनियर जेसिजमा लागेका सबै युवाहरु भोलिको दिनमा सक्रिय हुने र समाज रुपान्तरणको लागी अघी बढ्ने बताइन । जेसिज आफैमा मर्यादित रहेको संस्था भएको बताउँदै उनले नेतृत्व व्यक्तित्व बिकास संगसँगै समाज रुपान्तरणको लागी अहम भुमिका निर्वाह गरेको बताइन । साथै कार्यक्रममा नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई उपमेयर चौधरीले सफल कार्यकालको बधाई समेत दिएकी थिइन् ।

कार्यक्रममा सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष एवम् २०२२ को राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पाण्डेले जुनियर जेसिजले कोहलपुर जेसिजलाई निरन्तर सहयोग गर्दै आएको बताउँदै उनले सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।उनले जेसिजमा लागेका युवाहरुले आफ्नो नेतृत्व र व्यक्तिव विकास गर्दै राष्ट्र निर्माणमा पनि योगदान पुयाउनुपर्ने बताए । साथै नेपाल जेसिज संग सहकार्य गरेर कोहलपुर जेसिज र जुनियर जेसिजलाई बलियो बनाउदै कार्यक्रमहरु निरन्तर गर्नुपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।पदस्थापन कार्यक्रममा कोहलपुर नगरपालिकाको उपमेयर, कोहलपुर नगरपालिका वडा न.२ का वडाअध्यक्ष, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष , विभिन्न जिल्लामा रहेका जेसिजका अध्यक्ष, कोहलपुर जेसिजका पुर्व अध्यक्षहरु कोहलपुर जेसिज र जुनियर जेसिजका सम्पुर्ण पदाधिकारीको लगायतको उपस्थिती रहेको कार्यक्रमका संचालक ज्ञानु खड्काले जानकारी दिए।