पृथ्वी जयन्तीको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली

नेपालगन्ज, पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसर र राष्ट्रिय एकता दिवशको अवसरमा नेपालगन्जमा बृर्हत मोटरसाइकल र्याली गरिएको छ ।नेपाल हिन्दु युवा वाहिनी कमिटी बाँकेको आयोजनामा सोमबार नेपालगन्जमा बृहत मोटरसाइकल र्याली निकालेर नगरको बिभिन्न भागहरुमा परिक्रमा गरिएको हो ।

नेपालगन्जको शक्ति पिठ मानिने बागेश्वरी मन्दिरको परिसरबाट निस्केको मोटरसाइकल र्याली नेपालगन्जको न्युृरोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोक हुदै त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल एकिकरण गरेर राज्यलाई बचाउको लागी महत्त्वपूर्ण भुमिका खेलेका पृथ्वीनारायण शाहको जन्मोत्सवमा सार्वजनिक विदा दिइनुपर्ने उनिहरुको माग थियो ।

मोटरसाइकल र्यालीमा हिन्दु युवा वाहीनीका करिव २ सय बढि युवाहरूको सहभागिता रहेको थियो ।