अखिल नेपाल शिक्षक सङ्गठन अछामको अध्यक्षमा थ्यायत

अछाम, अखिल नेपाल शिक्षक सङ्गठन अछामको अध्यक्षमा बल बहादुर थ्यायत चयन भएका छन् ।शुक्रबार सम्पन्न सातौँ जिल्ला सम्मेलनले थ्यायतको नेतृत्वमा २१ सदस्य जिल्ला समिती सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा छत्र राज देवकोटा र लछिराम भाट रमिता शाही, सचिव विर्ख बहादुर विक, सह-सचिव चेतराज कुवँर, कोषाध्यक्षमा चक्र बहादुर शाही निर्वाचित भएका छन् ।

सम्मेलनको प्रमुख अथिती अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष धन बहादुर बम, अथितीहरुमा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य छत्र बहादुर शाही, प्रदिप जैशी, नेकपाका केन्द्रीय सदस्य डबल शाह, अछाम जिल्ला सेक्रेटरी तपेन्द्र टिमिल्सैना लगायत विभिन्न जवसका सवै तहका नेताहरूको उपस्थिति रहेको थियो ।