जनपत्रकार संगठन बाँकेको प्रथम भेला सम्पन्न, अध्यक्षमा कमल अधिकारी

कोहलपुर, जनपत्रकार सङ्गठन नेपाल बाकेको प्रथम जिल्ला भेला कोहलपुरमा एक कार्यक्रम विच सम्पन्न भएको छ ।भेलाले सङ्गठनका जिल्ला संयोजक कमल प्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।बाँके जिल्लाको कोहलपुरमा सप्पन्न उक्त भेलालाई कार्यक्रमका प्रमुख अतिथी दिपक चलाउनेले दिप बालेर कार्यक्रमको समुउत्घाटन गर्नु भएको थियो ।‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो एक्यवद्धता मानवाधिकार रक्षा र बैज्ञानिक समाजवादको लागि जनपत्रकारिता, भन्ने नाराका साथ सम्पन्न भेलाले कमल प्रसाद अधिकारीको नेतृत्वमा १० सदस्य जिल्ला कमिटी सदस्य निर्माण गरेको छ।जसमा कमल अधिकारी, किशोर शाही, सरद वली, यमु कडेल, सुरेश वैध, तनुजा थापा, विकास विक, सुहाना तिरुवा, ज्ञानु खड्का र दिनेश न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन।उक्त भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज दिपक चलाउनेले जनपत्रकार संगठन श्रमजीवी पत्रकारको संगठन भएको बताएका छन् ।‘जस्ले जनताको पक्षमा बोल्छ उहीँ श्रमजीवी पत्रकार हो ।जनपत्रकार संगठन जनताको हकहितको लागि बोल्नेछ, सर्वहाराको न्यायको पक्षमा बोल्ने छ, उनले भने ।

उनले अब जनताको आवाज समेट्ने किसिमको कार्यक्रम राख्नुपर्ने सुझाव समेत दिएका छन् । साथै उनले गाँस, बास, कपास, शिक्षा, स्वास्थ, रोजगारी सबै नागरिकलाई सरकारले दिनुपर्ने बताए ।

‘अहिले नेपालका ४५ प्रतिशत जनता गरिबी रेखाको मुनिमा छन। लाखौ मानिसहरु घरवार विहीन छन। तपाइँ हामिले शिक्षा हासिल गर्न धेरै खर्च गर्नुपर्छ । विभिन्न विद्यालय कलेजहरुै नभएको मनोमानी फि असुली राखेका छन ।कतिपय विद्यार्थीहरु फि तिर्न नसकेर घरमै बसिरहेका छन ।पढ्न पाएका छैनन। उनिहरुलाई शिक्षा निशुल्क दिनुपर्ने हुन्छ। स्वास्थको कुरा गर्ने हो भने विभिन्न मेडिकल माफियाहरुले चरम पैसा असुलिरहेका छन । रड ४-५ पटक प्रयोग गरेर बिरामीहरुलाई दु:ख दिइरहेका छन। पत्रकार साथिहरुले यस्ता खालका गतिविधिहरु बाहिर निकालेर पर्दाफास गर्नोस । यसमा हाम्रो पार्टीको पुर्ण साथ र सहयोग हुनेछ ।

उक्त कार्यक्रममा भनाई राख्दै जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य वसन्त बिकले पत्रकार संगठन स्वतन्त्र हुनुपर्ने बताए ।

उनले जनपत्रकार संगठनले जनताको पक्षमा आवाज उठाउन्छ र उठाउदै आएको छ। जनपत्रकारको मिसन भनेको जनताको हकहितको लागि बोल्ने हो, हामी सर्वहाराको पक्षमा कलम चलाउन्छै यो देशमा श्रमजीवी, क्रान्तिकारी पत्रकारको नेतृत्व गर्नेको लागि जनपत्रकार संगठनको स्थापना भएको बताउदै उनले नयाँ कार्यसमितिका टिमलाई बधाई समेत दिएका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज दिपक चलाउने सहित कोहलपुर नगर इन्चार्ज परिवर्तन, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिबालय सदस्य अन्जना, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य वसन्त विक, युवा संगठनका केन्द्रीय सदस्य तथा बाँके अध्यक्ष दिपक बुढाथोकी, अखिल क्रान्तिकारीका पदाधिकारीहरु विभिन्न राजनीतिक दलका व्यक्तिहरू, बाँकेका क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।