महेन्द्र बहुमुखी क्याम्पसको स्वागत तथा बुदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानविकी संकाय प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत र अन्तिम बर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम एकैसाथ सम्पन्न भएको हो ।

डम्बर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य डिग्र उपाध्यायले राखेका थिए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब सहायक क्याम्पस प्रमुख अर्जुन प्रसाद पोखरेलले बिध्याथीहरु बिच समझदारी र सहकार्यको बाताबरण हुनुपर्ने बताए ।

सुरेन्द्र रावल र कल्पना थापाले संयुक्त रुपमा सन्चालन गरेको कार्यक्रममा नृत्य, कविता, गजल, लगाएत अन्य रचनात्मक प्रस्तुतिहरु समेत समेटिएको थियो ।