पदाधिकारी चयन नगरी सकियो केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनपछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ।आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन पस २५ गते बस्ने बैठकले टुंगो लगाउने जनाइएको छ। माओवादी विधानअनुसार १५ पदाधिकारी रहनेछन्। आइतबार सकिएको आठौँ महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको थियो