इलाममा युवा सङ्गठन नेपालको अभियान तीव्र

इलाम, विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपालको २ महिने “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत इलाम र झापामा केन्द्रित अभियान दल नं. २ ले अभियानको प्रारम्भमा इलामको चुलाचुली गाउँपालिकामा सङ्गठन सुदृढ तथा विस्तार र भित्तेलेखन गतिविधिलाई तीव्र पारेको छ ।१२ गते साँझ चुलाचुली प्रवेश गरेको अभियान दलले १३ र १४ गतेभित्र चारवटा वडामा सङ्गठन निर्माण गरेको छ भने, ७० भन्दा बढी भित्तेलेखन गरेको छ ।सङ्गठन निर्माणको क्रममा चुलाचुली वडा नं. ०१ मा अरुण पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा समिति, वडा नं. ०२ मा निर्मला कुमालको अध्यक्षतामा ७ सदस्यीय वडा समिति, वडा नं. ०३ मा राम राईको अध्यक्षतामा ९ सदस्यीय वडा समिति र वडा नं. ०५ मा सुरज लिम्बुको अध्यक्षतामा २६ सदस्यीय वडा समिति निर्माण गरेको अभियान दल नम्बर २ कमान्डर तथा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य विष्णु जिसीले जानकारी गराउनु भयो ।

१५ गते सम्म चुलाचुली गाउँपालिकामा रहेर जिल्लाको माइ नगरपालिका प्रस्थान गर्ने अभियान दलले १५ गते चुलाचुली गाउँपालिकाको आइतबारे बजारमा कोणसभा कार्यक्रम सम्पन्न समेत गर्यो । उक्त कोणसभालाई नेकपा इलाम सचीव मौसम र अभियान दलका प्रमुख विष्णु जिसी ‘दीप’ले सम्बोधन गर्नुभएको थियो ।