विरेन्द्रनगरमा ठड्याइयो राजा विरेन्द्रको शालिक

यसरी स्थापना भयो वीरेन्द्रचोक

विरेनद्रनगर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले बुधवार राजाको शालिक ठड्याएको हो । राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।

राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन । पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।

राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए । उनले भने, ‘राजाको इतिहास चिनाउका लागि आवाश्यक थियो । हाम्रो इतिहास भन्ने कुरा केहो बुझ्नुपर्छ । त्यसैले राखिएको हो ।’

साथै उनले यो शालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे ।

यसरी स्थापना भयो वीरेन्द्रचोक

तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए । २०४४ सालमा राजा वीरेन्द्रका दम्पती नै सुर्खेतमा आएर यो चोक अनावरण गरेका थिए ।

त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो । राजा वीरेन्द्र २०२३ सालमा पहिलोपटक सुर्खेत आएको बेलामा उनले उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाएको बुझिन्छ । त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामकरण गरिएको थियो ।

०६२र०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।

सुर्खेत स्व। राजा वीरेन्द्रको मनपर्ने ठाउँ भएको र यहाँको विकासमा स्व। राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुनःस्थापना गरिएको छ।