कोहलपुर जेसिजको १३ औ वार्षिक साधारण सभा सम्पन्न, २०२२ को अध्यक्षमा शर्मा

कोहलपुर, कोहलपुर जेसिजको १३ औं वार्षिक साधारण सभा र १२ औं शाखा अधिवेशन आज कोहलपुरमा सप्पन्न भएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा दियो बालेर कार्यक्रमको मंगलबार समउदघाटन गरिएको हो ।कोहलपुर जेसिजको सचिवालयमा सम्पन्न उक्त अधिबेशनले ईश्वर प्रशाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा ईश्वर सुबेदी, दिपेन्द्र कठायत उपाध्यक्ष तर्फ उपेन्द्र विष्ट, टीका शाही, रविन गौतम, नवीन रेग्मी सर्वसम्मत निर्वाचित भएका छन।अधिवेशनको अवसरको क्रममा मन्तव्य राख्दै वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले आफ्नो कार्यकालको समयमा विभिन्न किसिमका कामहरूमा निरन्तर साथ सहयोग गरिदिनु भएको प्रति सम्पुर्ण बोर्डका सदस्यहरुलाई बधाई दिए । साथै उनले आफुलाई कोहलपुर जेसिजले राष्ट्रिय उपाध्यक्ष बनाउन अहम भुमिका निर्बाह गरेको प्रति कृतज्ञता व्यक्त गर्दै नया कार्य समितिलाई बधाई समेत दिए ।त्यस्तै उनले जेसीजले नेतृत्व विकाश गर्न सिकाउने भएकाले नयाँ युवा शक्तिहरु जेसिजमा आवद्ध गर्नको लागी २०२२ को नेतृत्व टिमलाई आह्वान गरेको कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष पाण्डेले बताए ।नवनिर्वाचित अध्यक्ष इश्वर प्रसाद शर्माले विगतमा विभिध कारणवस रोकिएका काममहरु अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
साथै नेपाल जेसिज संग सहकार्य गरेर कोहलपुर जेसिज र जुनियर जेसिजहरुलाई विभिन्न किसिमको उत्प्रेणामुलुक कार्यहरु, नेतृत्व व्यक्तित्व र विकास गर्ने, हरेक युवाहरुलाई उधमिको बाटोमा डोर्‍याउने निती ल्याउने कोहलपुर नवनिर्वाचित अध्यक्ष शर्माले बताए ।

उक्त कार्यक्रमले कोहलपुर जुनियर जेसिजको पनि अधिवेशन सम्पन्न गराएको छ । उक्त अधिवेशनले रिश्ता क्षेत्रीको अध्यक्षतमा २०२२ को लागी नयाँ कार्यसमिती चयन गरेको छ ।

जसको कार्यकारिणी उपाध्यक्षमा महिमा थापा मगर उपाध्यक्षमा सुश्मा पौडेल, सबिना पौडेल, नियती क्षेत्री, सन्ध्या कार्की सर्वसम्मत निर्वाचित भएका छन ।

उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले पछिल्लो समय जेसिजले समाजको लागी उदाहरणिय काम गर्दै आएको बताए ।

साथै उनले मुख्यगरी युवाहरूलाई लक्षित गरी विभिन्न किसिमका नेतृत्व व्याक्तित्व विकाश गर्दै आइरहेको कोहलपुर जेसिजको कामलाई आत्मसात गर्दै हाम्रो स्थानीय सरकारले कोहलपुर जेसिजको लागी केही जमिन सहयोग गर्ने तयारी गरिराखेको जानकारी दिए ।

कार्यक्रममा कोहलपुर जेसिजद्वारा मेयर लुट बहादुर रावत, कोहलपुर नगरपालिका ५ न वडाअध्यक्ष विष्णु तिवारीलाई मानर्थ सदस्य वितरण गरिएको छ ।