विद्यार्थीलाई यातायात भाडामा ४५ सहुलियत कार्यान्वयनको लागी ज्ञापनपत्र

गुलरिया, सरकारले सार्बजनिक यातायातमा विद्यार्थीलाई दिएको ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बर्दियाले सहुलियत कार्यान्वयन गर्न माग गर्दैँ मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थी, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका नागरिकहरुलाई निश्चित प्रतिशत छुटको व्यवस्था गरेको लामो समय भैसक्दा पनि बर्दिया जिल्लाबाट लामो तथा छोटो दुरीमा सन्चालन हुने कुनै पनि किसिमका सार्वजनिक यातायातका साधनहरुमा उक्त वर्गका कुनै पनि नागरिकलाई यसको कडाइपुर्बक कार्यान्वयन गर्न गराउन र समयसमयमा सो को अनुगमन गर्न, सार्बजनिक यातायातका साधनमा तोकिएको मापदण्ड अनुसारको गुणस्तर कायम गर्न र गराउन सङ्गठनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै उपरोक्त मागहरूलाई ७ दिनको समयसीमा भित्र कार्यान्वयन हाम्रो सङ्गठन जोडदार माग गर्न र नगरिएको खण्डमा कडा संघर्षका कार्यक्रम सन्चालन गर्न बाध्य हुने कुरा जानकारी गराउन चाहन्छौ ।

सरकारले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई आरक्षण सहित ५० प्रतिशत छुटको व्यवस्था गरेको लामो समय भैसकेको भए पनि उपत्यका बाहेकका जिल्लामा कार्यान्वयनमा आउन सकेको छैन् । त्यसैकारण बाँके, बर्दिया लगायत कर्णाली प्रदेश, शुदुरपश्चिम प्रदेश लगायतका सबै जिल्ला विप्लव नेकपा निकटको विद्यार्थी अखिल (क्रान्तिकारी) ले आन्दोलन गरिरहेको छ ।