अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै नासा

काठमाडौं, अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ ।


शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ । नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गर्न लागेको हो ।

यसले अहिलेको टेलिस्कोपले भन्दै निकै टाढाको तस्बिर लिन सक्छ । रोयटर्सका अनुसार अहिले प्रक्षेपण गर्न लागिएको इन्फ्रारेड टेलिस्कोप आगामी दशकमा अन्तरिक्षको खोजको लागि महत्वपूणर् हुने विश्वास लिइएको छ ।

सबै कुराहरु योजनाअनुसार चलेको अवस्थामा १४ हजार पाउण्डको यो उपकरणलाई २६ मिनेटमा अन्तरिक्षमा राखिनेछ । यो टेलिस्कोपलाई नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडेली स्पेस एजेन्सीले बनाएका हुन् । नासाको नयाँ टेलिस्कोपमा एक गोल्डेन मिरर राखिएको छ । यसको चौडाइ करिब २१.३२ फिट रहेको छ ।

यो मिरर बेलेलियमबाट बनेको १८ षटकोणलाई जोडेर बनाइएको छ । प्रत्येक टुक्रामा ४८.२ ग्राम सुन प्रयोग गरिएको छ । यसले परावर्तकको रुपमा काम गर्नेछ । यसलाई १५ लाख किलोमिटरको उचाइमा स्थापित गरिने छ । यसले पुरानो हबल टेलिस्कोपलाई विस्थापित गर्नेछ ।